आहा रारा गोल्ड कपको पूर्व सन्ध्यामा पोखरामा मोटरसाइकल र्‍याली

डिएनबी, पोखरा न्यूज- ०८, फागुन ।

आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७५ को पूर्व सन्ध्यामा आज (बुधबार) पोखरामा मोटरसाईकल र्‍याली प्रर्दशन गरेकोे छ ।

विहिबार देखि पोखरामा सुरु हुने १७ औं संस्करणको उक्त प्रतियोगिताको पूर्व सन्ध्यामा पोखरामा मोटरसाईकल र्‍याली प्रर्दशन गरिएको हो । पोखरा रंगशालाबाट सुरु भएको र्‍याली पृथ्बीचोक, मुस्ताङचोक, पार्दीविरौटा, राष्ट्रबैंकचोक, लेकसाईड, जिरोकिलोमिटर, सिद्धार्थचोक, विन्ध्यवासिनी मन्दिर, बगर, नदीपुर, पालिखेचोक, महेन्द्रपुल, रानीपौवा, भद्रकाली, रामबजार हुदै रंगशालामा पुगेर समापन भएको थियो ।

यस अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेसकुमार गुरुङले र्‍यालीको उद्घाटन गर्दै पोखरामा हुने फुटबल प्रतियोगितालाई सबैले मिलेर सहयोग गर्नुपर्ने बताए । सहारा क्लबले प्रतियोगिताको पूर्व सन्ध्यामा प्रचारात्मक रुपमा मोटरसाईकल र्‍याली प्रर्दशन गरिएको क्लवका अध्यक्ष केशबबहादुर थापाले बताए ।

बिहिबार हुने उद्घाटन खेलमा शसस्त्र प्रहरी वलको एपिएफ विरुद्ध आयोेजक सहारा क्लब बिच खेल हुने भएको प्रतियोगिता संयोजक हरीराम गुरुङ (सुरज) ले बताए । प्रतियोगितामा यस पाली दुई विदेशी सहित १० टिम सहभागि हुने भएको छ ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । “खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ प्रतियोगिता हुन लागेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button