बिहिबार देखि पोखरामा आहा रारा गोल्ड कप

उद्घाटन खेल आयोजक सहारा क्लब विरुद्ध एपिएफ

डिएनबी, पोखरा न्यूज- ०८, फागुन ।

पोखरा रंगशालामा बिहिबार देखि १७ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७५ सुरु हुने भएको छ । बिहिबार हुने उद्घाटन खेलमा आयोेजक सहारा क्लब  विरुद्ध विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब बिच खेल हुने भएको छ ।

दुबै टिमले उद्घाटन खेल जित्ने दाबी गरेका छन् । एपिएफका टिम व्यवस्थापक अरुण केसीले आफुहरु सहारा क्लबसंग उद्घाटन खेलमा जित्ने गरी पुर्ण तयारी अवस्थामा रहेको बताए । उनले भने “ डेढ साता अघि मात्र मनकामना केबलकार पोखरा कपमा थ्रिस्टार, जापानको युवा टिमलाई पराजित गरी फाईनलमा पुगेकोले हाम्रा खेलाडीहरुमा उच्च मनोबलका साथ आहा राराको गोल्ड कपको पनि फाईनल सम्म पुग्ने लक्ष्य राखका छौं । ” आफुहरु विपक्षिको खेल रणनिती अनुसार खेल्ने तयारी गरेको उनले जनाए ।

त्यसै गरी सहाराका प्रशिक्षक प्रलाद हिराचनले आफ्नो टिम विगत तीन साता देखि प्रशिक्षणमा रहेकोले उद्घाटन खेलमा जित्ने गरी खेल्ने तयारी भएको बताए । सहाराले सायदी, काजीन र तिजे तीन जना विदेशी खेलाडीहरू समावेस गर्ने भएको उनले बताए । धरानमा बुढा सुब्बा गोल्ड कपमा गत माघ २८ मा पुलिससंग टाईब्रेकरमा पराजित भएको सहाराले त्यस पछि देखि निरन्तर रुपमा प्रशिक्षणमा रहेको प्रशिक्षक हिराचनले बताए ।

प्रतियोगितामा यस पाली दुई विदेशी सहित १० टिम सहभागि हुने भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । प्रतियोगितामा विदेशी दुई टिम क्यामरुनको डफिन्स टिम फेम्ली फुटबल क्लब र भारतको सिक्किम युनाईटेड क्लब, नेपालका तीन विभागिय टिम सशस्त्र प्रहरी बलको ए.पि.एफ.क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब, लिग विजेता मनाङ्ग मस्र्याङ्गदी क्लब, नेपालका चर्चित क्लवहरु थ्रिस्टार क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब र आयोजक सहारा क्लब पोखरा सहभागि हुने भएका छन्।

प्रतियोगितामा विजेताले उपाधि सहित ८ लाख एक हजार र उपविजेताले भने ४ लाख एक हजार साथमा ट्रफी मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । गत बर्षको तुलनामा यस बर्ष विजेतालाई एक लाख र उप-विजेतालाई ५० हजार पुरस्कार राषिमा बृद्धि गरिएको हो । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतियोगिताको अवधिमा सर्वोउत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट एक जनालाइ नगद ३५ हजारको साथमा सम्मान गनिरे भएको क्लवले जनाएको छ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो । गत बर्षको विजेता नेपाल पुलिस क्लब हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button