फागुन दोश्रो सातादेखि पोखरामा माछापुच्छ्रे क्रिकेट लिग

पोखरा स्काई स्पोर्टस मुख्य प्रायोजक

पोखरा न्यूज- ०८, फागुन ।

माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा यहि फागुण १४ देखि माछापुछ्रे क्रिकेट लिगको दोश्रो संस्करण शुरु हुँदैछ ।

यसपटक प्रतियोगितामा विभिन्न ६ वटा फ्रेन्चाइज टिमले सहभागिता जनाउँदै छन् । नदीपुरस्थित प्रदेश सभा भवन पछाडीको क्रिकेट मैदानमा हुने प्रतियोगितामा आर.के.भिक्टोरियन्स, सि.एन.डी. वारियर्स, पर्वन टाइटान्स, फिस्टेल स्टार्स, लेखनाथ मस्किटर्स र राइजिङ्ग लायन्स उपाधीका लागि एकआपसमा भिड्ने छन् ।

प्रतियोगिताको पूर्वार्द्धमा आयोजक क्लब मुख्य प्रायोजक पाएको छ । यसपटकको प्रतियोगितालाई पोखरा स्काई स्पोर्टसले मुख्य प्रायोजन गर्ने भएको हो । बुधबार एक समारोहका विच स्काई स्पोर्टस् र आयोजक क्लब विच मुख्य प्रायोजनको सम्झौता भएको छ । स्काई स्पोर्टस्का प्रनिधिनी प्रज्वल विष्ट र आयोजक क्लबका अध्यक्ष दिपेश खत्रीले पत्रकार सम्मेलन मार्फत उक्त सम्झौताबारे जानकारी गराएका हुन् । सम्झौता बमोजित पोखराको न्यूरोडस्थित भाटभटेनी सुपरस्टोरको माथिल्लो तलामा रहेको स्काई स्पोर्टसले २० लाख बराबरको प्याकेज प्रदान गर्नेछ ।

प्रतियोगितामा उत्कृट खेलाडी, बलर,ब्याट्स्म्यान लगायतले स्काई स्पोर्टसको प्याकेज प्राप्त गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सोही समारोहमा हेल्लो वल्र्ड कर्पोरेशनले ८५ हजार बराबरको वेभसाइट निर्माण गर्ने सम्झौता पनि भएको छ । कर्पोरेशनका क्षेत्रिय प्रमुख विवेक चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

यसपटकको च्यम्पियन टिमले नगद ३ लाख तथा उप–विजेताले नगद १ लाख ५० हजार सहित शिल्ड मेडल पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष दिपेश खत्रीले जानकारी दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button