बेगनासताल किनारमा ‘प्रथम सेभेन ए साईड बेगनास कप’ हुने

पोखरा न्यूज- ०८, फागुन ।

फागुन १२ गते देखि वेगनासताल किनारमा सेभेन ए साईड फुटवल हुने भएको छ। वुधवार आयोजित पत्रकार सम्मेलनमा सभ्यता र संस्कृतिका लागि खेलकुद भन्ने उद्देश्यका साथ क्लबले पहिलो पटक फुटबल प्रतियोगिता गर्न लागेको जनाएको छ।

हिन्दुहरुको पर्व महाशिवरात्रीको अवसर पारेर फागुन १२ गते देखि २० गते सम्म फुटबलको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुरेन्द्र पुनले जानकारी दिएका छन्।

प्रथम “सेभेन ए साईड” बेगनास कप विजेता टोलिले रु १,०५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले रु ५५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने तेश्रो हुने टोलिले रु १५,५५५ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै उत्कृष्ट खेलाडीले रु ८०००, उच्च गोलकर्ताले ५,०००, उत्कृष्ट प्लेमेकरले ५,०००, उत्कृष्ट डिफेन्सले ५,०००, र उत्कृष्ट गोल रक्षकले रु ५००० प्राप्त गर्नेछन। अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगिता संचालन गर्नका लागि अनुमानित रु ८ लाख ५० हजार लाग्ने र करिब रु ९ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ। उक्त प्रतियोगितालाई पोखरा महानगरपालिका वडा नं ३१ कार्यालय, एन्फा कास्की, लेखनाथ उद्योग वाणिज्य संघ, लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसन, भिजन एन्ड भ्यालु ओभरसिज काठमाडौं, बेगनासताल बस संचालक समिती, बेगनासताल डुङ्गा व्यवसायी समिती, जलेश्वर मन्दिर व्यवस्थापन समिती, वेगनासताल महिला समूह, बेगनासताल मत्स्य व्यवसायी समिती तथा स्थानीयहरुको सहयोग रहेको जनाइएको छ।

बेगनासताल बाँध नजिकैको मैदानमा हुने खेलमा करिब ३५ टिम सहभागी हुने अनुमान गरिएको क्लबका अध्यक्ष राम रानाभाटले जानकारी दिएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button