युटुब भिडियोबाट सिकेर पोखरामा नक्कलि नोट छपाई, पैसा छापिरहेको अबस्थामा पक्राउ पर्ने जोडी यस्तो

पोखरा न्यूज – ०८, फागुन ।

कास्की प्रहरीले सोमबार पोखराको प्रस्याङबाट नक्कली नोट छापिरहेको अवस्थामा पक्राउ गरेका २ जनाले युटुब भिडियोबाट सिकेर पैसा छाप्ने कार्य गरेको खुलासा भएको छ ।

मकवानपुर हेटौंडा घर भई पोखरा-५ प्रस्याङ धारामार्गमा डेरा गरी बस्ने ३३ बर्षीय नरेश लामा र २५ बर्षीय सरस्वती बलामीले युटुब भिडियो हेरेर नक्कली पैसा प्रिन्ट गर्ने चाहिने प्रिन्टर खरिद गरि नक्कली पैसा छापी कारोबार गर्ने गरेको तथ्य अनुसन्धान पश्चात खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरुले पोखराको भाटभटेनीबाट प्रिन्टर खरिद गरि प्रस्याङ धारामार्ग स्थित आफ्नै डेरामा नक्कली पैसा छाप्ने गरेका थिए । छापेका नक्कली पैसाबाट उनीहरुले विशेषगरि महिला, केटाकेटिहरु भएको पसलहरुमा गई रिचार्ज कार्ड किन्ने गरेको र कतै कतै आबश्यक अन्य सामानहरु पनि किन्ने गरेको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार दिनमा १०/१५ बटा सम्म नक्कली नोट साट्ने गरेका उनीहरुले करिव २०० भन्दा बढी स्थानहरुमा पुगी नक्कली पैसा साट्ने गरेका थिए । उनीहरुले ग १४ प ३५४ नम्बरको डुक मोटरसाईकलमा स्वर गरि  रिचार्ज कार्ड किनेर १ हजारका नक्कली नोट दिएर हिड्ने गरेका थिए ।

प्रहरीले उनीहरुको साथबाट मोटरसाईकलको साथै १ हजारका १९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने कलर प्रिण्टर, एनटिसी र एनसेलका ८५ हजार २ सय ५० बराबरको रिचार्ज कार्ड, १ लाख २८ हजार ४ सय ३० रुपैया नगद, ल्यापटप, २ वटा मोवाइल र २ थान ५ सयको भारतीय नोट बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दुईको डेढ बर्ष देखी चिनजान भई लभ अफियर चलेको तर केटाको भने पहिल्यै बिहे भइसकेको प्रहरीले जनाएको छ । यस अघी प्रहरीले उनीहरु श्रीमान श्रीमती रहेको भनि सूचना प्रवाह गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button