पोखराको लेकसाइडमा बंगलादेश बैंकको एटिएम सेवा सुरु

पोखरा न्यूज- ०९ फागुन ।

नेपाल बंगलादेश बैंक लिमिटेडले पर्यटकीय नगरी पोखराको लेकसाइडमा आजदेखि नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।

लेकसाइडमा आउने पर्यटक तथा स्थानीयवासीलाई लक्षित गरी एटिएम सेवा सञ्चालनमा ल्याइएको बैंकका गण्डकी प्रदेश कार्यालयका प्रमुख देवेन्द्र अवस्थीले जानकारी दिए ।

एटिएम सेवा शुभारम्भ गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले एटिएम सेवाले पोखरा आउने पर्यटक लाभान्वित हुने विश्वास व्यक्त गरे ।

कार्यालय प्रमुख अवस्थीका अनुसार बैंकले पोखरामा दुई वटा शाखा तथा तीन वटा एटिएमबाट बैंकिङ सुविधा प्रदान गरिएको छ ।

बैंकले ८१ वटा शाखा, सात एक्सटेन्सन काउन्टर र दुई शाखा रहित घरदैलो बैकिङ सेवा तथा देशभर ६५ वटा एटिएमबाट बैंकिङ सुविधा दिदै आएको उनले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button