पोखरा महानगरको न्यायिक समिति उत्कृष्ट र सिक्न लायक बन्नुपर्छ : मेयर जिसी

पोखरा न्यूज- ०९ फागुन ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पोखरा महानगरपालिकाको न्यायिक समिति अन्य महानगर भन्दा उत्कृष्ट हुनुपर्ने बताएका छन् ।

पोखरा महानगरपालिकाको न्यायिक समितिले आयोजना गरे मेलमिलाप कर्ताहरुका लागि दुई दिवसीय क्षमता अभिवृद्धि कार्यशालाको बिहीबार उदघाटन गदै पमुख जिसीले भने, ‘छ महानगरपालिका भन्दा यहाँको न्यायिक समिति उत्कृष्ट र सिक्न लायक हुनुपर्छ ।’
जनपतिनिधि र मेलमिलापकर्ता सवैका साझा भएकाले न्याय सम्पादन निष्पक्ष र स्वतन्त्र रुपमा गनुपर्नेमा जोड दिए । उनले न्यायिक समिति र मेलमिलापकर्ता साच्चै न्यायमुक्ति बन्न सक्नुपर्नेमा जोड दिए ।

उनले नयाँ अभ्यास भएका कारण सिक्दै अगाडी बढनुपर्ने अवस्था रहेको बताउदै कानूनी सिमाभित्र रहेर न्याय निरुपण गर्नुपर्ने समेत बताए । उनले मेलमिलापककर्ताको सोचमा परिर्वतन आउनुपर्ने र त्यस्तो हुन नसके परिणाम सकरात्मक हुन नसक्ने बताए । न्यायिक निकायका लागि तीन तहका अदालत रहेको र त्यहाँ जान डराउने भएकाले स्थानीय तहमै न्यायिक समितिको व्यवस्था गरिएकाले सहज र सरल तरिकाले विवादको मेलमिलाप मार्फत समाधान गर्नुपर्ने बताए ।

पोखरा महानगरका उपपमुख एवं न्यायिक समिति संयजोक मञ्जुदेवी गुरुङले मेलमिलापकर्ताको भुमिकालाई स्पष्ट पार्न कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । उनले स्थानीय तहका विवादलाई मेलमिलाप मार्फत ब्यवस्थापन गर्नसके समाजमा सदभाव कायम हुने बताइन । पोखरा महानगरका प्रमुख पशासकीय अधिकृत शेषनारायण पौडेलले न्यायिक समितिले सविधान र स्थानीय सरकार सञ्चालन ऐनले तोकेको अधिकार क्षेत्रभित्र रहेर काम गर्नुपर्नेमा सुझाव दिए । अधिकार क्षेत्र भन्दा बाहिर गएर फैसला गरे कानुनले बदर गर्ने भएकाले अधिकार क्षेत्रभित्र रहेर न्यायिक समिति र मेलमिलापकर्ताले काम गर्नुपर्नेमा जोड दिए ।

न्यायिक समितिका सदस्य पार्वती कार्कीले न्यायिक समितिले समाजमा समाजिक सदभाव र शान्ति कायम गर्ने गरि मेलमिलापबाट विवाद समाधानमा पहल गर्ने बताउदै विवादका दुवै पक्षलाई जीताउने गरि मेलमिलाप गराउने बताइन । पोखरा महानगर न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अभिलेख संरक्षक राममणी अधिकारीले कार्यक्रम संचालन गरेका थिए । बिहीबार हरिपसाद पण्डित, अनिता गुरुङले सहजीकरण गरेका थिए । शुक्रबार सम्म सञ्चालन हुने कार्यक्रममा यज्ञपसाद अधिकारी र हरिपसाद पण्डितले सहजीकरण गर्नेछन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button