पर्यटन प्रवर्द्धनको मुख्य आधार खेलकूद: मन्त्री अधिकारी

उद्घाटन खेलमा एपिएफद्वारा आयोजक सहारा पराजित

पोखरा न्यूज- ०९ फागुन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन प्रवर्द्धनको मुख्य आधार खेलकूद भएको बताएका छन् ।

सहारा क्लबद्वारा पोखरा रङ्गशालामा आयोजित १७औँ संस्करणको आहा रारा गोल्ड कपको आज उद्घाटन गर्दै उहाँले पोखरा पर्यटनमात्र नभई खेलकूदको समेत राजधानी भएको उल्लेख गरे ।

पोखरा रङ्गशालालाई सुविधा सम्पन्न बनाउन सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको बताउँदै मन्त्री अधिकारीले त्यसका लागि तीनै तहका सरकारबीच समन्वय अपरिहार्य रहेकोमा जोड दिए । सरकारले सङ्घीय संरचनालाई प्रभावकारी र व्यवस्थितरुपमा अगाडि बढाउनाका साथै आवश्यक कानूनी संरचना तथा पूर्वाधार विकासमा जोड दिँदै आएको उल्लेख गर्दै उहाँले अब मुलुक समृद्धितर्फ उन्मुख भएको धारणा राखे । सन् २०२० सम्ममा पोखरा विमानस्थलको निर्माण सम्पन्न हुने र २०२१ जनवरीमा परीक्षण उडान गरी फेब्रुअरीदेखि सञ्चालनमा आउने उनले बताए ।

प्रतियोगिताको आज भएको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले आयोजक सहारा क्लबलाई चारका विरुद्ध पाँच गोलले पराजित गर्दै आफ्नो यात्रालाई अगाडि बढाएको छ । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा पनि दुवै टोलीको समान एक–एक गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपिएफका किपर रोमन रसाइली नायक बने ।

प्रतियोगितामा विभागीय तीन टोलीसहित मनाङमस्याङ्दी क्लब, धरान फुटबल क्लब थ्री स्टर क्लब, डफिन्स फेमिली टिम क्याम्रुङ, हिमालय शेर्पा क्लब, युनाइटेड सिक्किम फुटबल क्लब भारत गरी कूल १० टोलीको सहभागिता छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button