बागलुङको ढोरपाटनमा यातायात सेवा अवरुद्ध

पोखरा न्यूज- १० फागुन ।

नेपालकै एक मात्र शिकार आरक्ष रहेको बागलुङको ढोरपाटन केही क्षेत्र एक सातायता यातायातको सम्पर्कबाट टाढिएको छ ।

हिउँ नपग्लिदा ढोरपाटनमा यातायात सम्पर्क विच्छेद भएको हो । ढोरपाटन–सालझण्डकी खण्डको ढोरपाटन नगरपालिका–९ बोवाङको सडकमा हिउँ अझै पग्लेको छैन । हिउँ नपग्लदा बोवाङको फलियाघरदेखि माथिको बस्तीमा सडक यातयात पूर्णरुपमा बन्द भएको स्थानीयवासी कमल भण्डारीले जानकारी दिए ।

बूर्तिवाङदेखि फलियाघरसम्म यातायातका साधन पुग्ने गरे पनि त्यसमाथि हिउँका कारण जान सकेका छैनन । हिउँ नपग्लेको क्षेत्रभित्र ढोरपाटन शिकार आरक्षको कार्यालय, तिब्बतीय शरणार्थी क्याम्प तथा खाल्टेखुल्टे, छेमतुङ, भार्ति, लामाखोरिया, स्यालपाखे, बिजुरेखोला, उत्तरगङ्गा, असौजे, नदी, भूजी, कोमा, विगा, मस लगायतका बस्ती छन् ।

अत्याधिक चिसोको कारण स्थानीय सातवटा विद्यालयमा विद्यार्थीको उपस्थिति समेत न्यून रहेको ज्योतिविकास आधारभूत विद्यालयले जनाएको छ । चिसोकै कारण छेन्तुङ र विजुरेको बालविकास केन्द्र बन्द छन् । पैदल यात्रालाई समेत कठिन हुने गरी बाटोमा हिउँ जमेपछि जाडो छल्न असोज, कात्तिकमा बेसी (बोवाङ, अधिकारीचौर) झरेका स्थानीयवासीले घर फर्कन सकेका छैनन ।

समयमै फर्कन नसक्दा आलुखेती उठाउन समस्या हुने बताइएको छ । ढोरपाटन क्षेत्रका स्थानीय जाडो छल्न हरेक वर्ष बस्तुभाउसहित ढोरपाटन र बोवाङ्, अधिकारीचौर, नौथर क्षेत्रमा घुम्ती बसाइँसराइ गर्ने गरेका छन् । यातायात सम्पर्क पूर्णरुपमा विच्छेद भएपछि खाद्यान्न ढुवानीमा समेत समस्या भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button