पोखरामा मुत्ररोग सम्बन्धि जानकारी र बच्ने उपाय बारे छलफल कार्यक्रम आयोजना

पोखरा न्यूज- १० फागुन ।

भारतको एपोलो अस्पतालले गण्डकी प्रदेशको राजधानी पोखरामा पत्रकार भेटघाट कार्यक्रमका बिच रोबोटिक युरोलोजीको बारेमा जानकारी र यसबाट बच्ने उपायका बारेमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

शुक्रबार पोखरा ग्रण्डमा एक कार्यक्रम गरि युरोलोजी अर्थात पिसाबको खराबी , पिसाब थैलिको क्यान्सर र किड्नीको समस्याका बिषयमा जानकारी दिइएको थियो । किड्नीको समस्याले मानव जिवनमा मृत्यु सम्मको भयावह स्थीति सृजना हुनसक्ने बिषयमा कार्यक्रममा जानकारी दिइएको थियो । यसको समाधानका लागी रोबोटिक युरोलोजी पद्धति द्धारा उपचार गराउन र यो उपचार पद्धति भारतको दिल्ली स्थीत एपोलो अस्पतालमा सहज र सर्वसुलभ रहेको जानकारी दिएका थिए ।

युरोप अमेरीका सिंगापुर लगाएतका देशमा यो उपचार पद्धति अपनाइने भएता पनि भारतमा यसको उपचार कम खर्चमा गर्न सकिने सिनियर सर्जन डा. सुजित चौधरीले जानकारी दिए । उनका अनुसार बिशेष गरेर महिला तथा बालकालिकामा किड्नीको समस्या धेरै देखिने गरेको बताउँछन । दक्षिण एसियाका महिला तथा बाल बालिकामा किड्नीको समस्या धेरै देखिने भएको र एसियाली मुलुकबाट तेस्रो मुलुकमा उपचार गर्न बढि खर्चिलो र पहुँच भन्दा बाहिर हुन सक्ने भन्दै भारतको एपोलो अस्पताल बिकल्पको रुपमा रहेको जानकारी कार्यक्रममा दिइएको थियो ।

९० प्रतिशत भन्दा बढि सफल उपचार गर्दै आएको यस राबोटिक युरोलोजी पद्धति मार्फत धेरैको उपचार भएको डा. अंशुमन अग्रवालले जानकारी दिए । नेपाल र भारत बिच खुल्ला सिमाना भएको कारण नेपाली बिरामीले यसको सेवा सहज तरिकाले लिनसक्ने उनको दाबी थियो । भारतियले जस्तै नेपालीले पनि समान खर्चमा उपचार पाउने भन्दै उनले एपोलो अस्पतालबाट यो सेवा लिन आग्रह पनि गरे ।

कार्यक्रममा एपोलो अस्पतालकी पब्लिक रिलेसन मेनेजर उषा अधिकारीले नेपाल भारतसँग जोडिएको र छिमेकी मुलुक भएकाले नेपालीले उपचार गर्न धेरै कठिन नभएको जानकारी दिइन् । अधिकारीले निकट भबिष्यमा नेपालमा एपोलो अस्पतालले फ्रि हेल्थ चेक अप क्याम्प आयोजना गर्ने पनि जानकारी दिइन् । कार्यक्रममा पत्रकारहरुले बिभिन्न जिज्ञासा राखेका थिए भने डा. हरुले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button