बसले मोटरसाइकललाई ठक्कर दिँदा लमजुङका न्यौपानेको मृत्यु

पोखरा न्यूज – ११, फागुन ।

बसले मोटरसाइकललाई ठक्कर दिँदा लमजुङका एक शिक्षकको मृत्यु भएको छ ।

शनिबार बिहान ७ः१५ बजे काठमाण्डौको महाराजगञ्जबाट नयाँ बसपार्क आउँदै गरेको बा४ख ८४०७ नंको सार्वजनिक यातायात प्रालिले बसुन्धरामा ठक्कर दिँदा बा५५प २९९ नंको मोटरसाइकलमा सवार ३९ वर्षीय शिक्षक प्रदीप न्यौपानेको मृत्यु भएको हो ।

लमजुङ सुन्दरबजार नगरपालिका–४ धारापानी घर भई हाल वनस्थली बस्ने घाइते न्यौपानेको उपचारका क्रममा ग्रिनसिटी अस्पताल बसुन्धरामा निधन भएको महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख झलकबहादुर थापामगरले जानकारी दिए ।

नेपाल मोडल माध्यामिक विद्यालय बसुन्धराका अध्यक्षसमेत रहेका मृतक न्यौपानेले साउथ वेस्र्टन कलेज बसुन्धरामा भौतिक विज्ञान तथा गणित विषयमा लामो समयदेखि शिक्षण गर्दै आएका थिए ।

प्रहरीले दुर्घटना गराउने बस चालक रामेछापका २३ वर्षीय मेखबहादुर कार्की र बसलाई  नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button