नयाँ गीत ‘पिरतीको पब्जी'(pubg) सार्वजनिक

पोखरा न्यूज – १२, फागुन ।

पछिल्लो समय नेपालीहरु माझ मात्र होइन बिश्वभर नै पब्जी खेल लोकप्रिय रहेको छ ।

यस्तैमा यहि शब्दलाई लिएर नयाँ गीत पिरतीको पब्जी सार्वजनिक भएको छ । डीपी खनालले लेखेको गीतमा स्वर तथा संगीत भने संजय उपमान्य पाण्डेले भरेका छन् । राम्रो र रमाइलो गीत भएकाले दर्शकहरुले आफ्नो कामलाई रुचाउने विश्वास राख्छन् गायक पाण्डे ।

पब्जी खेलकै शैलीमा बनाइएको म्युजिक भिडीयोमा सुनिल परियार र रिता योन्जन फिचर्ड छन् । सूर्य योन्जनले निर्देशन गरेको म्युजिक भिडीयोमा सपना लम्सालको मेकअफ ,पवन सुस्लिंगको छायाकन र सम्पादन र ग्रूव्य ब्वाइजको कोरियोग्राफी समाबेश रहेको छ ।

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close