मनाङमा हिमपातका कारण २ तले घर भत्कियो

पोखरा न्यूज – १३, फागुन।

मनाङमा हिमपातका कारण एउटा दुई तले घर भत्किएको छ ।

हिमपातका कारण आइतबार राती ङिस्याङ गाउँपालिका- ४ हुम्देका ६० बर्षीय क्यु छिरिङ गुरुङको घर भत्किएको हो ।

टिनको छानो तथा ढुङ्गा माटोले बनेको २ तले घर भत्किएर पुर्ण रुपले क्षतिग्रस्त भएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता गोबिन्द पुरीले जानकारी दिए ।

घर धनि काठमाण्डौ गएको बेला परेकाले मानविय क्षति हुनबाट जोगिएको प्रहरी प्रवक्ता पुरीले जनाएका छन्  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button