लेकसाइडमा स्कुटर र मोटरसाइकल ठक्कर खाँदा २ घाइते, मोटरसाइकल तोडफोड

पोखरा न्यूज – १४, फागुन ।

पोखरा – ०६ लेकसाइडमा स्कुटर र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २ जना  घाइते भएका छन् ।

लेकसाइडको खहरेमा मंगलबार बिहान ग १३ प २८५६ नम्बरको स्कुटर  र ग १० प ८३३० नम्बरको  मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुवै सवारीसाधनका चालक घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटना परि स्कुटर चालक पोखरा -३ नदिपुर बस्ने १८ बर्षीय  रोहण खड्की र मोटरसाइकल चालक रमेश पहारी घाइते भएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

प्रवक्ता पुरीका अनुसार खड्कीको फिस्टेल अस्पताल  तथा पहारीको  मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।

दुर्घटनापछि स्कुटर चालक खड्कीका आफन्तले मोटरसाइकल तोडफोड गरेको प्रहरीले उल्लेख गरेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

,

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button