पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटना

पोखरा न्यूज – १५ फागुन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा परेको छ  ।

ताप्लेजुङ  -१० सिस्ने भन्ने स्थानमा मन्त्री अधिकारी चढेको  एयर डायनिस्टीको हेलीकप्टर  दुर्घटनामा परेको बताइएको छ ।

प्राप्त जानकारी अनुसार उक्त हेलिकप्टर  बिराटनगरको टावरसँग समेत सम्पर्क नगरी त्यस क्षेत्रमा गएको बुझिएको छ  ।

 हेलिकप्टरमा मन्त्री अधिकारी सहित अन्य ६  जना सवार रहेको बताइएको छ ।

क्षतिको यथार्थ विवरण भने आउन बाँकी छ।

दुर्घटनाको खबर पछी  उद्धारका लागि बिराटनगरबाट प्रहरी सहितको एक टोली त्यस तर्फ गएको बुझिएको छ ।

 

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. एक होनहार युवा राजनीतिज्ञको असामयिक निधनमा शोक व्यक्त गर्न शब्द को अभाव महशूश भई रहेको छ। म्रितात्मा को चिर शान्ति का साथै शोक सन्तप्त परिवार मा धैर्य धारण गर्ने शक्ति प्रात होस भनि भगवान पशुपतिनाथ संग प्रार्थनाछ। साथै अन्य सबै सहयात्री को समेत निनिधनमा चिर शान्ति को कामकामना का साथै शोक सन्तप्त परिवारजनमा हार्दिक सभवेदना प्रकट गर्दछु।
    साथै खराब मौसमका बावजूद किन काममा खटाईयो? मौसमका भविष्ष्यवाणी किकिन उल्लंघन गरियो? निश्पक्ष छानबीन होस। आजै उडान नभरि नहुने कारण जनताबाट समक्ष ल्याईयोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button