पोखराको मुस्ताङचोकमा दुर्घटना : बस मुनि स्कुटर घुस्यो

पोखरा न्यूज – १६, फागुन ।

पोखराको  मुस्ताङचोक नजिकै विहीबार दिउसो सवारी दुर्घटना भएको छ ।

मुस्ताङचोक बाट बिरौटातर्फ जाँदै गरेको बा १ प ९७८ नम्बरको पर्यटक बससँग बिपरित दिशाबाट आएको ग १४ प ६३२४ नम्बरको स्कुटर ठक्कर खाँदा दुर्घटना भएको हो ।

तस्बिर – केशब पाठक

स्कुटरको अगाडिको लगभग आधा भाग बसको मुनि छिरेको हो  । स्कुटर बिपरित  दिशाबाट क्रश हुन् लाग्दा दुर्घटना भएको एक प्रतक्ष्यदर्शीले बताए ।  बसका ड्राइभरले समयमै ब्रेक लगाएकाले  मानबिय क्षति  हुनबाट जोगिएको छ ।

दुघटना पछी अतालिएर स्कुटर छाडेर हिडेका स्कुटर चालक नजिक आउन मानेनन् ।

तस्बिर – केशब पाठक

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button