पोखरामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक घाइते, पल्सर मोटरसाइकल जलेर नष्ट

पोखरा न्यूज – १६, फागुन ।

पोखरामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । ठक्करपछी आगलागि भई मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

पोखरा- ११ फुलबारी भानूमार्गमा विहीबार  ग २ च ७२१७ नम्बरको जिपले ग १४ प ४६२ नम्बरको  पल्सर मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक पोखरा -१० बुद्दचोकका १८ बर्षीय हेमनारायण काफ्ले घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते काफ्लेलाइ  उपचारको लागि मणिपाल अस्पताल पोखरा लगिएको  चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए  ।

प्रहरीले जिप र जिप चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button