त्रिभुवन आर्मी आहा रारा गोल्ड कपको फाईनलमा

डीएनबी ,पोखरा न्यूज – १६, फागुन ।

विभागिय टोली त्रिभुवन आर्मी क्लब १७ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७५ को फाईनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज (बिहिबार) भएको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लबलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै अन्तिम दुई मा स्थान बनाएको हो ।  आर्मीको जितमा टेक बहादुर बुढाथोकीले गरेको एक गोल नै निर्णायक बन्यो । खेलको १३ औं मिनेटमा दीपक गुरुङले दिएको क्रसबललाई डिवक्स भित्र रहेका बुढाथोकीले हेड मार्फत दोश्रो वार च्याप्दै वललाई पोष्टमा दिशा दिएका हुन् । खेलमा आर्मीका दीपक गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

आर्मीले साबिक उप-विजेता थ्रीस्टार क्लबसंग फागुन १८ गते शनिबार उपाधि सहित ८ लाख नगद पुरस्कारको लागि फाईनल खेलमा प्रतिस्पर्धा गर्ने भएको हो । बुधबारको पहिलो सेमिफाईनल खेलमा थ्रीस्टारले विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई टाईब्रेकरमा ४–२ को गोल अन्तरले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो ।

सिजनको उपाधिमा ह्याट्रिक गरिसकेको क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लबले पोखरा कमकामना पोखरा कपको छैटौं संस्करण, धरानमा हालै सम्पन्न भएको बुडासुब्बा गोल्ड कप र वुटवलमा हालै सम्पन्न भएको तिलोतमा गोल्ड कपको उपाधि चुमेको फडिन्स फेम्लीले पोखरामा पुनः अर्को ईतिहास रच्ने सपना आर्मीले विफल पारि दियो । आर्मी आहा राराको यस अघि ७ औं, ८ औं र १४ औं आहा राराको फानलमा प्रवेश गरेर पनि उपाधि चुम्न चुकेको छ । यसपाली भने उपाधि चुम्ने लक्ष्यका साथ आहा राराको फाईनलमा यात्रा बनाएको हो ।

प्रतिकुल मौसमका बाबजुत मैदान हिलाम्मे हुदा खेलाडीहरु खुलेर खेल प्रदर्शन  गर्न सकेका छैनन भने व्यवस्थित प्यारापिट विना पोखरेली फुटबल प्रेमीको क्रेज घट्दो रुपमा रहेको छ । पोखरामा अत्याधुनिक प्यारापिट निमार्ण गर्ने लक्ष्यका साथ करिब एक बर्ष अघि भिआईपि सहित ७ हजार दर्शक क्षमताको प्यारापिट भत्काएसंगै पानी परे पनि हाल पोखरा रंगशालामा फुटबल प्रेमी दर्शकलाई निकै कष्ट हुने गरेको छ ।

यसैबिच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहितका ७ जना ताप्लेजुङमा बुधबार हेलिकोप्टर दुर्घटनमा परी निधन भएको घटना प्रति गहिरो दुःख व्यक्त गर्दै प्रतियोगिता सुरु हुनु पुर्व एक मिनेट मौन धारणा समेत गरिएको थियो । मन्त्री अधिकारीले शिक्षा, खेलकुद, सामाजिक, लगायतको क्षेत्रमा पुराएको योगदानको उच्च मुल्याङकन समेत गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button