आहा रारा गोल्ड कपको उपाधिका लागि त्रिभुवन आर्मी र थ्री स्टार भिड्ने

दुबै टिमको जित्ने दाबी

डीएनबी ,पोखरा न्यूज – १७, फागुन ।

१७ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७५ को उपाधिको लागि नेपालका दुई चर्चीत प्रतिद्धन्दी थ्री स्टार क्लब विरुद्ध विभागिय टोली त्रिभुवन आर्मी क्लब बिच शनिबार फाइनल खेल हुने भएको छ ।

उपाधि सहित नगद ८ लाख एक हजार पुरस्कारको लागि दुबै टिम शनिबार दिउँसो २ बजे पछि फाईनल खेलमा प्रतिस्पर्धा गर्ने भएको आयोजक सहारा क्लब पोखराले जनाएको छ ।  दुबै टिमले फाईनल खेलमा उपाधि जित्ने दाबी गरेका छन् । क्लब शुखरामा आयोजना गरेको प्रि–म्याच कन्फरेन्समा दुबै टिमका प्रशिक्षकहरुले फाईनल खेलमा जित्ने दाबी गरेका हुन् ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आहा राराको फाईनल खेलमा देशकै राम्रा टिमहरुको फाईनल खेल हुने भएकोले आफुहरुले पोखरेलीहरु माझ उत्कृष्ट फुटबल प्रर्दन गर्ने दाबी गरे । उनले भने “ हामीले फाईनल खेलमा जित्ने गरी खेल्ने तयारी गरेका छौं, हामीसंग अनुभवी खेलाडीहरु छन्, हाम्रा खेलाडीहरुले हाम्रो रणनिती अनुसार खेल्न सकेमा हाम्रो जित हुन्छ । ” विदेशी टिम डफिन्स फेम्लि फुटबल खेल्ने भन्दा अन्य हाउ भाउ बढी देखाउने गरेको उनले आलोचना गरे । उनले भने “ नेपालका विभिन्न ठाँउमा आयोजना हुने फुटबल प्रतियोगिताका आयोजकहरुलाई मेरो सुझाव छ, विदेशी टिम भित्राउने नाममा फुटब खेल्न नजान्ने जथाभावी हान्ने यस्ता टिमलाई प्रति वन्द नै गर्नु पर्छ, हेर्नुहोस उनीहरुको खेल कस्तो छ । ”

आर्मी प्रशिक्षक नवीन न्यौपानेले यसपाली आफुहरुलाई आहा रारा गोल्ड कपको उपाधि जित्ने राम्रो अवसर जुटेको बताए । उनले भने “ हामी फाइनल खेलमा यस पाली त जित्ने गरी आहा रारामा नयाँ ईतिहास रच्ने गरी शतप्रतिशत आफ्नो बलभुताले भ्याएसम्म खेल्ने छौं। ” क्यामरुनको डफिन्स टिम फेमेली फुटबल टिम व्यवसायीक फुटबल टिम नभएको उनले दाबी गरे ।

आर्मी आहा राराको यस अघि ७ औं, ८ औं र १४ औं उक्त गोल्ड कपमा फानलमा प्रवेश गरेर पनि उपाधि चुम्न चुकेको आर्मीले यस पाली उपाधि जित्ने दाउमा रहेको छ । यता आहा राराको तीन पटक विजेता हुदै १२ औं पटक सहभागि थ्रीस्टारले भने चौथो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने  तयारी गरेको छ । थ्रीस्टारले ५ औं, ९ औं र ११ औं आहा रारा गोल्ड कपको उपाधि जितेको छ ।

आर्मीले क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लबलाई १–० पराजित गर्दै फाईनलमा यात्रा बनाउदा थ्री स्टारले विभागिय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई टाईब्रेकरमा ४–२ को गोल अन्तरले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । प्रतियोगितामा उपविजेतालाई ४ लाख एक हजारको साथमा ट्रफि मेडल प्रमाण पत्र वितरण गरिने भएको छ भने उत्कृष्ट खेलाडीलाइ एक थान स्कुटर प्रदान गरिने भएको प्रतियोगिताका संयोजक हरीराम गुरुङ (सुरज) ले जनाए । यही फागुन ९ गते देखि पोखरामा सुरु भएको प्रतियोगितामा दुई विदेशी सहित १० टिमको सहभागिता रहेको थियो ।

यसपालीको प्रतियोगिताको अवसरमा एन्फाले समय सिमा १० दिनको लागि मात्र दिएकोले क्लबले पहिलो पटक १० दिनमा १० टिमको मात्र पहिलो पटक सहभागि गराएको हो । यस अघि १२ दिनमा संचालन हुदै आएको आहा रारा गोल्ड कपमा १२ टिमको सहभागिता हुदै आएको थियो । पोखरामा व्यवस्थित प्यारापिट विना पहिलो पटक संचालन भएको उक्त प्रतियोगितामा अन्य प्रतियोगिताको तुलनामा यस बर्षको आहा रारा गोल्ड कपमा हालसम्म दर्शकहरुको समेत न्यून सहभागिता रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button