तनहुँमा कार दुर्घटनामा पोखराका २ जनाको मृत्यु , एक घाइते

पोखरा न्यूज – १८, फागुन ।

तनहुँमा सवारी दुर्घटनामा परी पोखराका दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा तनहुँका एक युबक घाइते भएका छन् ।

व्यास नगरपालिका – ४ बुल्दीपुलमा डुम्रेबाट दमौलितर्फ आउँदै गरेको बा ६ च २१०२ नम्बरको कार र बुर्तिबाङबाट काठमान्डौ जाँदै गरेको ना ७  ख २८४४ नम्बरको बस एक आपसमा ठक्कर खादाँ कारमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी पोखरा – २० का ५६ बर्षीय लिल बहादुर सुनार र ३४ बर्षीय  सुनिल गुरुङको मृत्यु भएको चार नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता गोबिन्द पुरीले जानकारी दिए । प्रवक्ता पुरीका अनुसार दुर्घटनामा परी घाइते भएका तनहुँ व्यास नगरपालिका – २ का २८ बर्षीय सुन्दर गुरुङको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।

प्रहरीले  दुवै सवारी साधन नियन्त्रणमा लिएको  र  घटनाको बारेमा  थप अनुसन्धान भइरहेको जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button