फेवातालमा डुबेर प्याराग्लाइडिङ पाइलटको मृत्यु

दीननाथ बराल
पोखरा न्यूज १९, फागुन ।

पोखराको फेवातालमा डुबेर प्याराग्लाइडिङ सिक्दै गरेका विदेशी एक सोलो पाइटलको मृत्यु भएको छ । रोमानियाका करिब ४० बर्षीय एडे सिस्जरको फेवाताल माथिको आकासमा प्याराग्लाइडिङ गर्दै गर्दा एक्कासि तालमा डुब्न पुगेर उनको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिस्जर सहित ९ जना विदेशी सोलो पाईलटहरुले पोखरामा सोलो प्याराग्लाइडिङ गर्नको निम्ति पोखरा आएको बुझिएको छ । उनीहरुले पोखराको व्लु स्काई प्याराग्लाइडिङबाट रुट प्रमिटको अनुमति लिएको बताइन्छ ।

दुर्घटना आज बिहान करिब ११ः२० बजे भएको हवाई खेलकुद संस्था नाका एक सदस्य नारायण पहारीले पोखरा न्यूजलाई बताए । उनका अनुसार सिस्जरले फेवाताल माथिको आकासमा स्पाइरलको अभ्यास गर्दा गर्दै एकाएक सिधैं तालमा डुब्न पुगेर तालमा डुबेको करिब दुई मिनेटमै उनको घटना स्थलमै मुत्यु भएको हो ।

सिस्जर तालमा डुब्ने वित्तिकै स्थानिय, सशस्त्र प्रहरी वलको रेस्क्यू टिम सहितको टोली उद्धारमा खटिएको थियो । तत्काल उनलाई मेट्रोसिटि हस्पिटलमा ल्याएसंगै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

पोखरामा यसरी विभिन्न कारणले गर्दा सोलो पाईटलहरुको करिब १० जनाको मुत्यु भइसकेको छ । पोखरामा प्याराग्लाइडिङको राम्रो अनुगमन र नियमनकारी निकाय प्रभावकारी ढंगले काम गर्न नसक्दा यस्ता दुर्घटना बढ्दै गएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button