शिबरात्रिलाई लक्षित गर्दै पोखरामा करिब ७० लाखको उखु भित्रियो

दीननाथ बराल

पोखरा न्यूज -१९, फागुन ।

शिबरात्रि पर्वलाई लक्षित गर्दै  पोखरामा करिब ७० लाख मुल्य बराबरको उखु भित्रिएको छ । प्रायः गरी शिबका भक्तहरुले प्रसादको रुपमा पनि उखु चढाउने तथा उखु पट्काउने एवं खाने प्रचलन रहेकोले पोखरामा विभिन्न जिल्लाबाट यस बर्ष करिब ७० लाख मुल्य बराबरको उखु भित्रिएको व्यवसायीहरुको भनाईछ ।

शिबरात्रिको अवसरमा समग्र पोखरा क्षेत्रमा गत बर्षको तुलनामा करिब ३० प्रतिशत कम उखु भित्रिएसंगै उखुको मुल्यमा केहि बृद्धि भएको एक व्यवसायी शिवकुमार अधिकारीले बताए । झापा अर्जुनधाराका अधिकारीले यस बर्ष पोखरामा शिवरात्रिको अवसरमा मात्र करिब डेढ लाखको उखु भित्राएका हुन्। उनले पोखरामा सधै जसो कालो ग्यामारे जातको उखु जुसको लागि समेत बिक्रि गर्दै आएका छन भने उक्त उखु धरानबाट उनले खरिद गरेका हुन्।

अर्को व्यवसायी डम्मर बहादुर थापाले यस बर्ष साँढे दुई लाखको उखु खरिद गरी बिक्रि गर्न थालेका छन् । उनले गत बर्ष मात्र उखुबाट  ४ लाखको कारोवार गरेका थिए ।

गोर्खा च्याङलीङबाट ईन्द्र बहादुर कुमाल, सन्तोस जोशी र बिष्णु बहादुर कुमालले यस बर्ष पोखरामा शिव रात्रिको अवसरमा करिब ८ लाख मुल्य बराबरको उखु बिक्रि गर्न ल्याएकाछन्। गत बर्ष उखु समयमै बिक्रि नहुदा उनीहरुले करिब डेढ लाख नोक्सान व्यहोर्नु परेको उनीहरुको गुनासो छ ।

पछिल्लो समयमा उखु खानेहरुको सङख्या विस्तारै घट्दै जादा र शिबरात्रिको अवसरमा प्रतिकुल मौसमले  गर्दा पनि आफुहरुको उखु बिक्रिमा असर पर्ने गरेको पोखरा नागढुंगाका एक व्यवसायी हेम प्रसाद भट्टराईले बताए ।

पोखरामा कालो ग्यामारे तथा सेतो जातको उखु पट्काउन बढी प्रयोग हुने गरेको छ । प्रति मुठामा २० पिस उखु हुन्छ , प्रति मुठाको मुल्य ४ सय देखि हाल ९ सय रुपैयासम्म पर्ने गर्छ । प्रति लार्का उखुको मुल्य ४० देखि १ सय सम्म पर्छ । पोखरा क्षेत्रका किराना पसल देखि फलफुल पसलमा शनिबार देखि उखु विक्रिको लागि राखिएको छ ।

कालोजातको उखु खानको लागि र सेतो जातको उखु शिवरात्रिको अवसमा धुनि लगाउदा पट्काउन प्रयोग गरीने भएको एक व्यवसायि अर्जुन कुमार श्रेष्ठले बताए । पोखरामा सामान्यतया होलसेल मुल्य कालो उखु प्रति लार्को ६० देखि एक सय र सेता उखुको प्रति लार्कोको मुल्य १८ देखि २० रुपैया पर्ने भएको श्रेष्ठले जनाए ।

यस बर्षको शिबरात्रि पर्व फागुन २० गते सोमबार परेको छ । शिवरात्रिको अवसरमा साँझ देखि वेलुकासम्म देशका विभन्नि ठाँउका शिब मन्दिर एवं चौतारामा धुनी लगाउने र उखु पट्काउने तथा उखु खाने प्रचलन रहेको छ ।

पोखराको शान्ति वनवाटिकाको फलफुल तरकारी बजारमा उखुको होलसेल कारोवार भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button