तनहुँमा जिप दुर्घटना : २ जनाको मृत्यु , ३ घाइते

पोखरा न्यूज – २१, फागुन ।

डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप व्यास नगरपालिका -१२ घाँसीकुवामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन् ।

जिप दुर्घटनामा परि बन्दिपुर गाउँपालिका – ३ रामकोटका ७५ बर्षिय बुद्धि बहादुर थापा मगरको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक तनहुँ व्यास नगरपालिका – १४ केशवटारका ३५ वर्षीय बिमल घर्तीलाई उपचारका लागि पोखरा तर्फ ल्यार्ईंदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी श्यामु अर्यालले पोखरा न्युजलाई बताए ।

दुर्घटनामा परी घाइते भएकाहरुको दमौली अस्पतालमा उपचार भइरहेकोमा एक जनालाई थप उपचारको लागी मेट्रो सिटी अस्पताल पोखरामा पठाइएको डिएसपी अर्यालले बताए । डिएसपी अर्यालका अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएकी बन्दिपुर गाउँपालिका – ३ रामकोट देबीमाया थापा मगरलाई पोखरा रेफर गरिएको हो । उनि मृतक मगरकी धर्मपत्नी हुन् ।  अन्य दुई घाइते ३५ बर्षीय मिरा थापा र ५३ बर्षीय दल बहादुर सुणारी मगरको दमौली अस्पतालमा उपचार भइरहेको उनले जनाए ।

जिपमा १३ जना सवार रहेकोमा अन्य सामान्य अवस्थामा रहेकाले घर फर्कीसकेको  प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुडिरहेको अवस्थामा जीपको अगाडीको टायर पञ्चर हुदाँ जिप सडकबाट करिब ६० मिटर तल खसेर  दुर्घटना भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button