पोखरामा भोलिदेखि प्याराग्लाइडिङ उडान बन्द !

दीननाथ बराल, पोखरा न्यूज – २१, फागुन ।

पोखराको पर्यटनको आकर्षणको रुपमा रहेको साहसिक खेल प्याराग्लाइडिङ उडान भोलि (बुधबार) देखि नहुने भएको छ ।

पोखरामा रहेका प्यारग्लाइडिङ कम्पनीहरुले २०७१ साल देखि स्थानिय निकायलाई तोकिएको राजश्व नतिरेकोले बुधबारदेखि पोखराका अधिकाशं प्याराग्लाइडिङ उडान गर्न नदिने पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले बताए ।  उनले पोखरा न्यूजसंग  भने “ सरकारलाई तिर्नुपर्ने कर नतिरी अब कसैले कुनै व्यवसाय गर्न पाउदैन, प्याराग्लाइडिङ कम्पनीहरुले स्थानिय निकायले तोकेको कर नतिरे बुधबार देखि कुनै पनि प्याराग्लाइडिङ उडान गर्न प्रतिबन्ध लगाउदैछौं । ”

पोखरा महानगरपाकिला वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले पोखरामा हाल संचालन भएका प्याराग्लाइडिङ कम्पनीहरु मध्य हालसम्म माउण्टेन भ्यू प्याराग्लाइडिङ कम्पनीले बाहेक अन्य कम्पनीहरुले शुल्क नतिरेको दाबी गरे ।  उनले भने “अब हामीले बुधबार देखि सराङकोटमा प्याराग्लाइडिङ उडान गर्न आउने प्याराग्लाइडिङ कम्पनीहरुले अनिवार्य रुपमा स्थानिय तहले तोकेको पर्यटन शुल्क सहितको राजश्व नतिरेमा हामीले उडान गर्न दिदैनौं । ” पटक पटक ताकेता गर्दा पनि प्याराग्लाइडिङ कम्पनीले २०७१ साल देखि नै कर तिर्न ढिला सुस्ती गरेको आफुहरुलाई नटेरेको उनले पोखरा न्युजलाई जनाए । उनका अनुसार साबिक सराङकोट गाविस हुदा प्रति कम्पनीले बार्षिक रुपमा ५५ हजार राजश्व तिर्नु पर्ने निमय बनाइएको थियो ।

यसै गरी पोखरा उपमहानगरपालिका हुदा २०७२ र २०७३ मा बार्षिक कम्पनीले ५ हजार ५ सय तिर्नु पर्ने प्राबधान गरिएको थियो । २०७४/७५ मा आएर ५० हजार शुल्क निर्धारण गरिएको उनले जनाए ।  पोखरा नगर परिषदले ५५ सयबाट बढायर ५० हजारमा पुराएको थियो । आर्थिक बर्ष २०७५/०७६ मा पर्यटन शुल्कः एक लाख र २५ हजार राजश्व तिर्नु पर्ने प्रावधान स्थानिय तहले ल्याए संगै अधिकाशं कम्पनीहरुले उक्त शुल्क तिरेका छैनन्। बाँकी बक्यौता नतिरेसम्म आफुहरुले कुनै पनि हालतमा प्याराग्लाईडिङ गर्न नदिने स्थानिय तहले व्यवसायीहरुलाई चेतावनी दिइरहदा व्यवसायीहरुले भने आफुहरुलाई न्यायोचित पर्यटन शुल्क सहितको राजश्व हुनु पर्ने माग राख्दै आएकाछन्।

न्यायोचित पर्यटन शुल्क सहितको कर हुनु पर्ने व्यवसायीको माग

नेपाल हवाई खेलकुद संस्था नाका अध्यक्ष योगेश भट्टराईले आफुहरुलाई स्थानिय तहले न्यायोचित कर लिनु पर्ने बताए । उनले भने “ हामी व्यवसायीले व्यवसाय गर्ने हो, पर्यटन शुल्क उठाउने होईन एक लाख रुपैया पर्यटन शुल्क पर्यटकसंग लिनु पर्छ आवश्यक हो भने अन्यथा हामी व्यवसायीले कसरी तिर्न सकिन्छ । ”

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याण्ड ग्लाईडिङ्ग संघ (नेफा) का महासचिव शैलेन्द्र रावतले पोखराका ठुला पर्यटन व्यवसायीहरुले तिर्ने बरबरको शुल्क तिर्न आफुरु तयार तर उनीहरुको भन्दा प्याराग्लाईडिङ कम्पनीले चार गुणा भन्दा बढी कर तिर्न नसक्ने दाबी गरे । उनले भने “ पोखराका तारे होटलहरुले बार्षिक २७ हजार स्थानिय तहलाई शुल्क तिरे हुन्छ, हामीले एउटा सटर लियर प्याराग्लाईडिङ कम्पनी संचालन गर्दा पर्यटन शुल्क सहित एक लाख २५ हजार तिर्नु पर्ने यो कहाँको न्यायोचित कर प्रणाली भयो यसको जबाफ चाहियो, हामी बहस गर्न तयार छौं ।”

नागरिक उड्यन कार्यालय पोखराका प्रमुख भोला प्रसाद गुरागाईले विभिन्न प्याराग्लाईडिङ कम्पनीहरुलाई प्याराग्लाईडिङ पाईलटहरुको उडान योग्य भएको आधारमा उनीहरुसंग समन्वय गरी उडान अनुमति दिने गरेको बताए । उनले भने “ जुन जुन कम्पनीबाट उडान अनमति लियर दुर्घटनमा परेका छन, ती कम्पनीहरुलाई अब हामीले स्पष्टीकरण सोधेर कारवाही अघि बढाउछौं ।

तीन दिनमा भएको प्याराग्लाईडिङ दुर्घटनामा परी दुई जनाको विदेशीको मुत्यु भएको छ भने दुई जना विदेशी पाहुना घाइते भएका छन्। नागरिक उडड्य कार्यालयले व्लु स्काई र फन्ट एयर प्याराग्लाईडिङ कम्पनीलाई स्पष्टीकरण सोध्ने भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button