कास्कीमा ५ थान हतियार सहित ४ जना पक्राउ 

पोखरा न्यूज – २१, फागुन ।

प्रहरीले कास्कीबाट  पाँच थान हतियार सहित ४  ब्यक्तिलाई पक्राउ गरेको छ ।

कास्कीको  रुपा गाउपालिका – ७ तालवेसी तथा सौर्यवासका बिभिन्न स्थानहरुमा अबैध रुपमा हातहतियार लुकाएर राख्ने ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

रुपा गाउपालिका – ७ तालवेशी र तिलखोरियाबाट  ५५ बर्षीय नारायण बहादुर गरुङ, ४८ बर्षीय दिल बहादुर गुरुङ, ४५ बर्षीय सुरेश गुरुङ र ५४ बर्षीय मन बहादुर थापा मगरलाई ५ थान हतियार सहित सोमबार पक्राउ गरिएको प्रहरी निरीक्षक गणेश सुबेदीले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट भरुवा बन्दुक ३ थान, बोर राइफल लेन्स सहित  १ थान र बोर राइफल (सर्ट गन ) १ थान  गरि ५ थान हतियार बरामद गरेको  प्रहरी निरीक्षक  सुबेदीले जनाए ।

 पक्राउ परेकाहरुलाई मंगलबार  म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button