पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा पुनः तुलाचन

पोखरा न्यूज – २१, फागुन ।

पश्चिमाञ्चल होटल संघ पोखराको अध्यक्षमा पुनः विकल तुलाचन निर्विरोध निर्वाचित भएका छन् ।

संघको मंगलबार पोखरामा सम्पन्न १९ औं अधिवेशनले तुलाचनलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । युवा पर्यटन व्यवसायी तुलाचन फेयरमाउण्ट होटलका संचालक हुन् ।

यसैगरी नवनिर्वाचित समितिको निवर्तमान अध्यक्षमा होटल पिस प्लाजाका भरत पराजुली रहेका छन् । प्रथम उपाध्यक्षमा होटल साकुराका लक्ष्मण सुबेदी, द्वितीय उपाध्यक्षमा मम्स गार्डेन रिसोर्टका दीपक श्रेष्ठ, महासचिवमा होटल ट्रोपिकानाका गणेशराज पहारी र सचिवमा होटल ग्ल्यासेयिरका राजेन्द्र ढकाल चयन भएका छन् ।

कोषाध्यक्षमा ल्याण्डमार्क होटलकी पार्वती पाण्डे, सहकोषाध्यक्षमा माउण्ट कैलाश रिसोर्टका नरेश बहादुर भट्टराई निर्वाचित भए । सदस्यहरुमा फिस्टेल लजका अनिल श्रेष्ठ, ट्रेकर्स इनका महादेव भण्डारी, बाराही हस्पिटालिटी ग्रुपका बैभव पौडेल, सांग्रिला भिलेज रिसोर्टका अर्जुन मैनाली र पोखरा ग्राण्डका मनु नेपाली रहेको संघका प्रमुख निर्वाचन आयुक्त मेहरमान श्रेष्ठले जानकारी दिए ।

मनोनित सदस्यहरुमा क्रिस्टल प्यालेसका नेत्र पौडेल, अतिथि रिसोर्टका भरत शर्मा, योकोहामाका दोर्जे तामाङ र होटल लेगेसीका राजु थकाली रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button