गण्डकी प्रदेश छनोट फुटबलमा लमजुङलाई स्वर्णपदक

भलिबल र बास्केटबलका खेल शुरु

पोखरा न्यूज – २२, फागुन ।

प्रदेश ५ मा हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशमा छनोट खेलहरु अन्तर्गत फुटबल छनोट सम्पन्न भएका छन भलिबल र बास्केटबलका खेलहरु शुरु भएका छन ।

बुधबार सम्पन्न पुरुष फुटबलको फाइनलमा लमजुङले गार्खा माथी गोलको वर्षा गर्दै ६–१ गोल अन्तरले स्वर्णपदक जितेको छ । लमजुङलाई जिताउन मनिष क्षेत्री, प्रदिप गुरुङ, अनन्त दुरा, लिलजङ तामाङ, घनश्याम तामाङ र बिक्रम गुरुङले गोल गरे । यता तनहुँका लागि एक मात्र सान्त्वान गोल बिशाल गुरुङले गरे ।

यता काश्य पदकका लागि भएको खेलमा तनहुँले बागलुङलाई ५–१ गोल अन्तरले पराजित गरेको छ । तनहुँको जितका लागि सचिन थापाले ह्याट्रिक पुरा गरेका थिए ।

बिजेता खेलाडीलाई गण्डकी प्रदेश सरकारका राजनितिक सल्लाहाकार गोविन्द नेपाली, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, प्रशिक्षण विभाग प्रमुख विद्याा मर्सानी लगाएतले मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

भलिबल

बुधबार देखि पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ सेन्टरमा महिला तथा पुरुष भलिबल छनोट शुरु भएको छ ।

छनोट खेलमा पुरुष तर्फ ११ जिल्ला र महिला तर्फ ९ जिल्ला सहभागि रहेको पश्चिमाञ्चल खेलकुद कार्यालयका नासु डिबी नेपालीले जानकारी दिए । उनी नेपाल भलिबल संघका केन्द्रिय सचिब समेत हुन ।

आज सम्पन्न पुरुषको छनोटमा पर्वतले मनाङलाई २५–१८,२२–२५ र २५–१९ ले पराजित गरेको छ भने बागलुङले लमजुङलाई २५–१७ र १७–१५ ले, स्याङजाले लमजुङलाई २५–२३, २५–१५ ले, नवलपुरले मुस्ताङलाई २५–१९, २५–१३ ले पराजित गरेको छ । त्यस्तै अन्य पुरुष तर्फको खेलमा पर्वत, म्याग्दी, स्याङजा र नवलपुर बिजयी भएका छन ।

यता महिला तर्फको खेलमा म्याग्दी, कास्की, पर्वत, मुस्ताङ र बागलुङले आ–आफ्नो खेल जितेका छन । भलिबल छनोट फागुन २५ गते सम्म जारी रहने छ ।

बास्केटबल

बुधबार बाट प्रदेश स्तरिय बास्केटबल छनोट प्रतियोगिता पोखरा रंगशालामा सुरु भएको छ ।

पुरुष बास्केबल छनौटमा ९ जिल्लाको सहभागिता रहेको छ । आज पुरुष छनौटमा ४ खेल सम्पन्न भएका छन । जसमा म्याग्दीले दुई खेल जितेको छ । म्याग्दीले कास्की र बागलुङलाई पराजित गरेको हो । म्याग्दीले खेलेको दुई खेलमा पर्वतलाई ३६–३४ र बागलुङलाई ६२–३५ को स्कोरले पराजित गरेको छ ।

यसै गरि अन्य खेलमा नवलपुर ले मुस्ताङलाई ६१–५३ र लमजुङले तनहुँलाई ४९–४० र पर्वतले स्याङजालाई ६३–४९ को स्कोरले पराजित गरेका छन । महिला तर्फ भने जम्मा दुई जिल्ला सहभागी छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button