५५ करोड ठगि आरोपमा गण्डकी मेडिकल कलेजका दुई जना पक्राउ

दीननाथ बराल, पोखरा न्यूज – २३, फागुन ।

पोखराको गण्डकी मेडिकल कलेजका पुर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाद खनाल र परिक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई ५५ करोड ठगिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

ठगी मुद्धामा विद्याथीले दिएको उजुरीका आधारमा जिल्ला अदालतको अनुमतिपछि १० जनालाई पक्राउ पुर्जी जारी गरेसंगै बुधबार राती खनाल र शर्मालाई उनको निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक गणेश सुवेदीले बताए ।  उनका अनुसार बाँकी ८ जनाको समेत खोजि कार्य भईरहेको छ ।

विद्यार्थीहरुबाट ५५ करोडभन्दा बढी ठगी गरेको आरोपमा उनीहरुलाई विद्यार्थीले विभिन्न् निकायमा उजुरी गरेका छन् । खनाललाई पोखराको विरौटा र परीक्षा नियन्त्रक शर्मालाई राष्ट्रबैंक चोकबाट प्रहरीले बुधबार नियन्त्रणमा लियर हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेको छ ।

गण्डकी मेडिकल कलेज संचालक समितिका अध्यक्ष खुमा प्रसाद अर्याल, प्रमुख प्रशासकिय अधिकृत कृष्ण घिमिरे, प्रिन्सिपल डा. रवीन्द्र श्रेष्ठ, फाइनान्सियल कन्ट्रोलर यूवराज शर्मा, स्टोर किप्पर कृष्ण पौडेल, लेखाका हरि पौडेल, कर्मचारी दिनेश पौडेल र तिलक पौडेललाई पक्राउ पुर्जी जारी गरिएको प्रहरी निरिक्षक सुवेदीले बताए । पक्राउ पुर्जी जारी भएसंगै अधिकाशं सम्पर्क बिहिन भएको बताईएको छ ।उनीहरुको मोवाईलमा फोन गर्दा फोन सम्पर्क हुन सकेको छैन्।

कलेजले मनपरी शुल्क असुलेको विरोधमा विद्यार्थीहरुले ३६ दिन देखि आन्दोलनमा उत्रिदै आएका छन भने विगत २६ दिन देखि रिले अनसन पनि जारी रहेको  विद्यार्थीले जनाए । कलेजले आफुहरुसंग प्रति व्यक्ति ८ देखि १८ लाखसम्म बढी रकम अशुल्ने गरेको विद्यार्थीहरुको आरोप छ ।

भारतिय विद्यार्थीहरुसंग भने कलेजले एक करोडसम्म रकम अशुल्ने गरेको विद्यार्थीहरुको आरोप छ । विद्यार्थीहरुको आन्दोलनको क्रममा गण्डकी मेडिकल कलेजको ओपीडी सेवाको कार्यकक्षमा विद्यार्थीहरुले तालावन्दखी गरेसंगै विगत करिब एक महिना देखि ओपीडी सेवा समेत प्रभावित भएको छ ।

कलेजमा भ्रष्टचार भएकोले एमविविएस तेश्रो बर्षको परीक्षा समेत आफुहरुले नदिएको विद्यार्थीहरुले गुनासो गरे । सरकारले उपत्यका बाहिरका मेडिकल कलेजहरुमा एमबिबिएसको शुल्क ४२ लाख रुपैयाँ शुल्क निर्धारण गरे पनि उक्त कलेजले भने ५५ लाख रुपैयाँ सम्म अशुल्ने गरेको विद्यार्थीहरुको आरोप छ । अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल, भौचर दिनुपर्ने लगायतका माग राखेर कलेजका करिब पाँच सय विद्यार्थी आन्दोलनमा छन्।

यस बिषयमा कलेजमा बुझ्न खोज्दा कुनै व्यक्तिसंग सम्पर्क हुन सकेको छैन् । नेपाल मेडिकल काउन्सिल, त्रिभुवन विश्व विद्यालय लगायतबाट कलेजमा भएको अनियमितताको बारेमा बुझ्न आएको टोलीले समेत कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको निष्कर्ष निकालेको बताईन्छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. मलाई अचम्मै लागिराछ
    किनकी हामीले कस्तो पत्रकारीता गर्दछौ र यो पत्रकारीताले पाठकले कस्तो सुचना प्राप्त गर्दछन एक पटक ठण्डा दिमाखले हामी पत्रकार आफैले सोच्न पर्ने बिषय हो । दिननाथ भाइ म तिमिलाइ सम्मान गर्दछु र तिमिले राम्रो सुचना जनतालाइ प्रवाह गरी रहेछौ भन्ने ठानेको थिए । तिमि पनि कुनै संचार माध्याममा जागीर खान्छौ तिमिले काम गर्ने संचार माध्याममा तिम्रो भुमिका के छ राम्रोसगँ बुझ ।
    गण्डकी मेडीकल कलेजका संचालकले ठगी गरेको हो की गण्डकी मेडिकल कलेजमा आदेश अनुसार काम गर्ने कर्मचारीले ठगी गरेका हुन । बिचरा ति आदेशमा मरेर काम गरेर बेलुका रित्तो हात थकीत भएर घर फर्कने ठगी गरेको पैसाको न त त्यो सोझो परिक्षा नियन्त्रकले पैसा बुझ्छ न त उसको हातमा बिल नै आउछ । दिननाथ हेक्का रहोस् तिमि जत्तीको बुझेर पत्रकारीता गर्ने मान्छेले आर्थिक कारोवार कसले गर्छ, कति लिन्छ र त्यो लिएको अर्थ कसको मुखमा पुग्छ भन्ने कुरा त बुझेकै हुनु पर्दछ । अझ भन्नु पर्दा तिमि त झनै अर्थ बिट हेर्ने पत्रकार?????????????????????????????
    ठगी गरेको भए आनन्द घरमा बस्छ । हेक्का रहोस ठगी गर्ने कहा छन्…………..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button