गण्डकी प्रदेश छनौट : महिला फुटबलमा स्याङजालाई स्वर्ण, भलिबल र बास्केटबल जारी

पोखरा न्यूज – २३, फागुन ।

८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश छनौट प्रतियोगिता अन्तर्गत महिला फुटबलमा स्याङजाले स्वर्ण पदक जितेको छ ।

बिहिबार सम्पन्न फाइनलमा स्याङजाले कास्कीलाई ४–० गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेको हो । स्याङजालाई स्वर्ण पदक दिलाउन शोभा पगेनीले ह्याट्रिक पुरा गरिन भने सरस्वती हमालले एक गोल थपिन् । यता काश्य पदकका लागि भएको खेलमा लमजुङले म्याग्दीलाई आधा दर्जन गोलको वर्षा गरेको छ । लमजुङले म्याग्दीलाई ६–० ले पराजित गर्दा सपना गुरुङले ह्याट्रिक गरिन् ।

विजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

भलिबल

पोखरामै जारी भलिबलमा पुरुष र महिलातर्फ भने  क्वाटरफाइनलका समिकरण पुरा भएका छन् । सम्पन्न पुरुषतर्फको खेलबाट बागलुङ, नवलपुर, पर्वत र म्याग्दी सेमीफाइनलमा प्रवेश गरेको नेपाल भलिबल संघका सचिब डिबी नेपालीले जानकारी दिएका छन् ।

सेमीफाइनल प्रवेशका लागि म्याग्दीले गोर्खालाई सोझो सेटमा पराजित गरेको छ । उसले २५–१६, २५–२३ र २७–२५ ले पराजित गरेको हो । यता पर्वतले स्याङजालाई २५–१७, २१–२५, २५–२० र २५–१७ ले, नवलपुरले कास्कीलाई २५–११, २५–२३, २३–२५ र २६–२४ ले र बागलुङले तनहुँलाई १५–२५, २८–२६, २५–१० र २५–२० ले पराजित गरेका छन् ।

यसै गरि महिला तर्फ कास्की, पर्वत, म्याग्दी र बागलुङ सेमीफाइनलमा प्रवेश गरेका छन । आजको खेलमा कास्कीले मुस्ताङलाई २५–१४, २५–१५ र २५–१५ ले , पर्वतले तनहुँलाई २५–१७, २५–१८, २४–२६ र २५–१७ ले, म्याग्दीले तनहुँलाई २५–३, २५–१२ र २५–१० र बागलुङले लमजुङलाई २५–१७, २५–१८ र २५–२२ ले पराजित गरेका छन् ।

बास्केटबल

बिहिबार बास्केटबल पुरुष तर्फको खेलमा क्वाटरफाइनलका समिकरण सम्पन्न भएको कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वज कुमार गुरुङले बताएका छन् ।

शुक्रबार हुने सेमीफाइनलमा कास्की र स्याङजा तथा पर्वत र म्याग्दी भिड्ने भएका हुन् । सम्पन्न क्वाटरफाइनलमा कास्कीले बागलुङलाई ५७–४३ ले, पर्वतले तनहुँलाई ६०–५५ ले, स्याङजाले लमजुङलाई ४६–४० र म्याग्दीले मुस्ताङलाई ६७–४८ ले पराजित गरेका थिए । यता महिलातर्फ भने कास्की र लमजुङ भिड्दैछन् ।

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close