पोखराको लेकसाइडमा आगलागी : डेढ घण्टा पछी आगो नियन्त्रणमा (अपडेट )

दीननाथ बराल

पोखरा न्यूज – २४, फागुन ।

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको हल्लनचोकमा आगलागी भएको छ । शुक्रवार बेलुका  ९  :१५ बजे हल्लनचोक स्थित क्रेजी बर्गर  जुस बारबाट आगलागी सुरु भएको हो ।

आगलागी भएको करिव डेढ घण्टा पछी आगो नियन्त्रणमा आएको छ  ।आगलागीबाट बर्गर सहितका ६ वटा पसलहरुमा क्षति पुगेको  स्थानिय सारदा परियारले पोखरा न्यूजलाई  बताइन्। बर्गर सहित क्लव ९९, माछापुच्छ्रे तन्दुरी रेस्टुरेन्ट, निड्र्स ट्राभल्स एण्ड टुर्स र अमिन सनराईज ह्याण्डिक्राफ्टमा आगलागी भएको हो ।

आगो नियन्त्रणको लागि स्थानिय, सशस्त्र प्रहरी, नेपाली सेना तथा नेपाल प्रहरी र पोखरा महानगरपालिकाको दमकल प्रयोग गरिएको हो । आगलागी भएको करिब २५ मिनेटमा मात्र एउटा दमकल आएकोले सो क्षेत्रमा बढी क्षति भएको स्थानिय हिमालाल भट्टराईले  जनाए ।

आगलागी के कारणले भयो भन्ने  खुलेको छैन । क्रेजी बर्गर जुसबारको पछाडी पट्टिबाट आगलागी सुरु भएपछी पसलमा रहेको ग्यास सिलिण्डर पड्किदा आगोले उग्र रुप लिएको स्थानीय बताउछन । ग्यास पड्किएको आवाजपछी स्थानिएको भागदौड सुरु भएको थियो ।

क्रेजी बर्गर जुसबार तथा  क्लब ९९ रहेको भवनमा आगो फैलिएपछी संगैको पोखरा माउन्टेन बाइक एडभेन्चर रहेको भवनमा रहेका केहि सामाग्रीहरू सुरक्षाकर्मी तथा स्थानीयले निकालेका छन् । आगलागीबाट  करोडौको  क्षति भएको पूर्वानुमान गरिएको  छ । क्षतिको यथार्थ विवरण आउन बाकीं छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button