पोखराको लेकसाइडमा आगलागी हुँदा करोडौंको क्षती

दीननाथ बराल

पोखरा न्यूज – २५, फागुन ।

पोखराको लेकसाइडमा आगलागी हुदा करोडौंको क्षती भएको छ । शुक्रबार बेलुका करिब ९ः१५ बजे हल्लनचोक स्थित क्रेजी बर्गर जुसबाट सुरु भएको आगलागी फैलिएर  बर्गर सहितका ६ वटा पसलमा आगलागी हुदा करोडौं रकम बराबरको  क्षती भएको हो ।

बर्गर सहित क्लव ९९, माछापुच्छ्रे तन्दुरी, निड्र्स ट्राभल्स एण्ड टुर्स र अमिन सनराईज ह्याण्डिक्राफ्ट  पोखरा माउन्टेन वाईकमा आगलागी हुदा करोडौंको क्षति भएको स्थानिय सारदा परियारले बताइन्। आगलागीबाट बर्गर सहित,क्लव ९९ पूर्ण रुपमा जलेको छ   भने  अन्य पसलमा समेत ठुलो क्षति भएको छ ।

पोखरा माउन्टेन वाईकी संचालक समेत रहेकी परियारले आफ्नो पसलमा मात्र करिब २ करोड बराबरको क्षती भएको पोखरा न्यूजलाई बताइन् । क्लव ९९ मा विगत ४ बर्ष अघि समेत आगलागी भएको स्मरण गर्दै उनले  पसलहरुमा पुर्वसावधानि अपनाउन नसक्दा एक पसलबाट लागेको आगो सल्कदै ६ वटा पसलसम्म जलेर ठुलो क्षती पुगेको उनले बताइन्। बर्गर पसलमा ग्यास सिलिन्डर परिवर्तन गर्ने बेलामा चुलो सँग जडित पाइप फुटेर आगलागी भएको उनले बताइन  ।

आगलागीबाट ग्याँस सिलिण्डर समेत पट्कन पुग्दा आगोले उग्र रुप लिएको स्थानियले जनाए । ठुलो आवाजमा उक्त सिलिण्डर ग्याँस पड्केसंगै आगोको मुस्लो निस्केको र समयमै वरीपरीका सवै जना बाहिर निस्कन सफल हुदा मानविय क्षति भने हुन नपाएको स्थानिय प्रमोेद भण्डारीले बताए ।

गण्डकी प्रदेशको राजधानि, पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइडमा लागेको आगो नियन्त्रणमा लिन करिब डेढ घण्टा समय लागेको थियो । आगो लागेको खबर पाउनसाथ सुरक्षाकर्मी स्थानिय र दमकलको सहयोगबाट डेढ घण्टा भित्र आफुहरुले आगोलाई नियन्त्रणमा लिएको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. रविन्द्रमान गुरुङले बताए । रातिको समयमा सवैको साथ र सहयोगले गर्दा आफुहरुले लेकसाइडमा ठुलो क्षेति हुनबाट बचाएको उनले जनाए ।

आगलागी भएको करिव डेढ घण्टा पछी आगो नियन्त्रणमा आएको हो  । आगो नियन्त्रणको लागि स्थानिय, सशस्त्र प्रहरी, नेपाली सेना , नेपाल प्रहरी र पोखरा महानगरपालिकाको दमकल प्रयोग भएको थियो । आगो फैलिन् थालेपछि आगलागी भइरहेको भवन संगै जोडिएका भवनमा रहेका केहि सामाग्रीहरू सुरक्षाकर्मी तथा स्थानीयले निकालेका थिए  । आगो नियन्त्रणमा खटिएका सुरक्षाकर्मीले माउन्टेन वाईकको माथिल्लो तलामा रहेका साईकलका केही सामानहरु बाहिर निकालेका थिए ।

आगलागी भएको स्थानमा करिब २५ मिनेटमा मात्र दमकल पुगेको स्थानिय हिमालाल भट्टराईले जनाए । सो क्षेत्रमा समयमै दमकलको उचित प्रयोग गर्न सकेको भए केही कम क्षेती हुने उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button