स्याङ्जामा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता शुरु

पोखरा न्यूज – २५, फागुन ।

वालिङमा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता शुरु भएको छ । वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो ।

जिल्लालाई नै साहसिक पर्यटकीय गन्तव्यका रुपमा विश्वभरि परिचित गराउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष दिनकर नेपालले जानकारी गराए । आज बिहान वालिङ–९ सुर्काउदीमा नगरप्रमुख दिलीपप्रताप खाँणले प्रतियोगिताको एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्।

प्रतियोगितामा दुई पटकसम्म विश्व च्याम्पियन बनेका क्यानेडेली मोरी वालेससहित दुई विदेशी र २६ स्वदेशी गरी २८ खेलाडीको सहभागिता छ । संस्थाका सचिव मोहन गुरुङले क्यानाडा, भारतसहित नेपालका नेपाल आर्मी र सशस्त्रका विभागीय टिमका १८ खेलाडीले आजसम्म नाम दर्ता गराएको जानकारी दिए ।

प्रथम पुरस्कारको राशि रु पाँच लाख रहेको छ । प्रतिस्पर्धी खेलाडीका लागि सुर्काउदीको बगरबाट शुरु भई त्रियासी, सिङ्गारकोस, जगतभञ्ज्याङ, गह्रौसुर मन्दिर, बजाकोट, करादी, उदीयाचौर, घुरुङखाँ, डुम्रभञ्ज्याङ, स्वरेक डौवाफाँट हुँदै पुन सुर्काउदीमै आएर आज साँझ ५ बजे सकिने आयोजकले जनाएको छ ।

पुरुष विजेताले रु एक लाख ५० हजार र महिला विजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । खेलालीलाई विभिन्न ठाउँमा पर्ने पर्यटकीय स्थानमा स्वागत गर्ने व्यवस्थासमेत मिलाइएको छ । खेलाडीका लागि सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गर्नुका साथै कुनै दुर्घटना भएको अवस्थामा तत्काल उपचारका साथै रेस्क्यूको लागि चार एम्बुलेन्ससमेत प्रतियोगी खेलाडी सहभागि भएको रुटमा परिचालन गरिएको छ । नगरभित्रका १४ वडालाई समेटेर तयार पारिएको १०० किलोमिटरको दूरीमा प्रतियोगीले प्रतिस्पर्धा गर्दैछन् ।

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close