नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा गिरी

पोखरा न्यूज – २५, फागुन ।

एक मतको झीनो अन्तरले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन्।

पोखरामा शनिबार सम्पन्न भएको मञ्च गण्डकीको प्रथम अधिवेशनबाट दीननाथ बराललाई एक मत अन्तरले पराजित गर्दै गिरी अध्यक्षमा निर्वाचित भएका हुन् ।  अध्यक्ष गिरीले २४ मत ल्याएका थिए भने बरालले २३ मत ल्याएका हुन् । मञ्चमा ५१ मतदाता रहेकोमा  ४८ मत खसेको थियो भने एक मत बदर भएको थियो ।

तीन बर्षिय कार्यकालको लागि अन्य पदाधिकारी सहितको सदस्यमा निर्विरोध चयन भएका हुन। त्यसै गरी उपाध्यक्षमा रञ्जन अधिकारी, महासचिवमा विजय नेपाल, सचिबमा राजाराम पौडेल, कोषाध्यक्ष शशी पौडेल र सदस्यहरुमा खुल्ला तर्फबाट उमेश पुन, नारायण शाही, रोशन अधिकारी, सुशिल नेपाली (दलित), कविता घर्तीमगर (महिला) र गीता रानामगर (आदिवासी जनजाति) बाट निर्विरोध चयन भएका हुन् ।

यसअघि, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरामा १८ हजार दर्शक क्षमताको प्यारापिट सहितको फुटवल रंगशाला निमार्ण हुने भएको बताए । आईतबार उक्त रंगशालाको शिलन्यास हुने भएको उनले बताए । राखेप सदस्य गुरुङले खेलकुद पत्रकारमा खोजपत्रकारिता आवश्यक भएको बताउदै मञ्चको स्पोटर्स अवार्ड सम्पन्न गर्न आवश्यक सहयोग गर्ने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं मञ्चका सल्लाहकार रामकृष्ण ज्ञवालीले पोखराका खेलकुद पत्रकारमा विश्लेषणात्मक लेखनको कमि भएको आरोप लगाए । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले खेलकुद पत्रकारमा पनि पत्रकारको शुद्धिकरण आवश्यक भएको बताए । मञ्चका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दीननाथ बराल, महासचिबमा रञ्जन अधिकारी लगायतले बो थिए ।

कोषाध्यक्ष विजय नेपालले मञ्चले हरेक बर्ष पोखरा स्पोटर्स अवार्ड गर्दै आएको बताउदै मञ्चमा हाल ४ लाख ३४ हजार २ सय १० रुपैया बचत भएको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button