पोखरामा आगामी असार मसान्तभित्र फुटबल रंगशाला निर्माण हुने

दीननाथ बराल

पोखरा न्यूज – २६, फागुन ।

आगामी असार मसान्त भित्र पोखरामा १८ हजार ५ सयको दर्शक क्षमताको प्याराफिट सहितको फुटबल रंगशाला निर्माण हुने भएको छ ।

एक अर्ब २८ करोड २२ लाखको लागतमा निमार्ण हुन लागेको उक्त रंगशालाको एक समारोहका बिच आइतबार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले शिलन्यास गर्दै तोकिएको मितिमा उक्त रंगशाला निमार्ण गर्न ठेकदार कम्पनीलाई आग्रह गरेका छन ।  मन्त्री विश्वकर्माले १३ औं सागलाई मध्यनजर गरी निमार्ण हुने उक्त रंगशाला निमार्ण प्रक्रिया करिब एक महिना ढिलो भएकोले अब निमार्ण कार्यलाई तिव्रता दिन कम्पनीलाई सुझाव दिएका छन् ।

देशको आर्थिक विकास र समृद्धिको लागि पोखरा जस्तो पर्यटकीय नगरी क्षेत्रमा खेलकुदको हब पोखरालाई स्पोटर्स सिटिको रुपमा विकास गर्नु पर्ने बताए । पोखरा रंगशलालाई स्पोटर्स टुरिजमको रुपमा विकास गर्दै रंगशाला भित्र निमार्ण हुने सम्पूर्ण संरचना अन्तराष्ट्रिय स्तरकै मापदण्डका आधारमा निमार्ण गर्न निर्देशन दिएका छन् ।

गण्डकी प्रदेशका सांसद राजिव पहारीले गुणस्तर र दिगोपनलाई ध्यानमा दिदै तोकिएको समय सिमा भित्र सकिने गरी निमार्ण गर्न सबै तर्फबाट दबाब आवश्यक भएको जनाए । सागका धेरै खेल पोखरामा हुनु पर्ने उनको माग छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गण्डकी प्रदेशको राजधानि पोखरामा स्पोटर्स कम्प्लेक्स आवश्यक भएको बताए ।

होस्टेल सहितको, फिजिकल फिटनेस, एम्बुलेन्स, दमकल, मेडिकल सहितको सेवा पोखरा रंगशाला भित्र आवश्यक भएको उनले बताए । यूरोप अवधारणामा निमार्ण हुने उक्त रंगशाला निमार्णमा तोकिएको समय सिमा भित्र सकिने गरी काम गर्न निमार्ण कम्पनीलाई सदस्य सबिच विष्टले आग्रह गरे ।

भारतको ग्रेट स्पोटर्स इन्फ्रा इन्डियाले नेपालको एम.ए.कन्सट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा राखेपसंग सम्झौता उक्त रंगशाला निमार्णको लागि सम्झौता समेत गरि सकेकाले तोकिएको मितिमा उक्त रंगशाला निमार्ण गर्ने भएको निमार्ण कम्पनीका अनुप आचार्यले बताए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल लगायले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button