पोखराको विजयपुर खोलाको पुल चर्कीएपछि वैकल्पिक व्यवस्था

पोखरा न्यूज – २६, फागुन 

पोखराको विजयपुर खोलाको पुल चर्कीएपछि वैकल्पिक अस्थायी पुल निमार्ण गरिएको छ  ।

करिब ११ बर्ष अघि निमार्ण भएको विजयपुर खोलाको पक्की पुल  हालै चर्कीएसंगै उक्त पुलबाट १० टन भन्दा कम भारवान क्षमताका गाडीहरुलाई मात्र प्रबेश दिइएको छ ।

पुल चर्कीएसंगै हाल अस्थायी रुपमा १० टन भन्दा बढी  भारवान क्षमताका गाडीहरुको लागी बैकल्पिक बाटो निमार्ण गरेको सडक डिभिजन कार्यालय पोखराका सव इन्जिनियर किरण सुवेदीले बताए ।

सडक डिभिजन कार्यालय पोखराले हिमपाइप राखेर विजयपुरको पहिलाको पुरानो पुल भन्दा अझ माथिबाट डाइभर्सनको गरेको उनले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button