विप्लप मेरो बाटोमा हिड्न खोजे असफल हुन्छन् : अध्यक्ष प्रचण्ड

पोखरा न्यूज – २७, फागुन । नेपाल कम्यिुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले विप्लप आफ्नो बाटोमा हिड्न खोजे असफल हुने बताएका छन् ।

सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विप्लपसंगै हुँदा २०५२ सालमा गरेको त्यो बेलाको आन्दोलनको परिस्थिती र अहिलेको परिस्थितीमा गुणात्मक फेर बदल आएकोले विप्लप अहिले आएर पहिलाकै बाटो हिडेर प्रचण्ड हुन्छु भन्नु उचित नभएको भन्दै पहिलाकै बाटो हिडेमा राज्य अब चुप लागेर नबस्ने परिस्थिती आएको दाबी गरे ।

उनले भने “ नक्कल गरेको कुराले पार लाग्दैन्, फेरी प्रचण्डले गरे जस्तै नक्कल गरेर प्रचण्ड हुन्छु भन्नु बिल्कुल मनगत हुन्छ, यो देश र उनीहरुको लागि राम्रो कुरा हुदैन, पहिला कै बाटोमा हिडे, देशमा अशान्ति मच्चाउन खोजेमा अब राज्य चुप लागेर बस्ने अबस्था रहदैन्। ”

एउटा काल खण्डमा एउटा विचार र नेतृत्वलाई अगाडी ल्याउने आन्दोलनमा आफुले नेतृत्व गरेको बताउदै उनले अहिले आएर २३ बर्ष अघिको बाटो हिड्न खोज्नु उपयुक्त नभएको दाबी गरे । उनले भने “ अहिले संघिय लोकतान्तीक गणतन्त्र घोषणा भएको छ, अब यसलाइ संस्थागत गर्नु छ, यस मार्फत समाजवादको आधार निमार्ण गर्नु छ, यो अवसरलाई सदुपयोग गर्न उहाँहरुले सोच्नु उपयुक्त हुनेछ ।” पृृथकताबाद तर्फ गएकोलाई पनि वार्ता र सहमतिको माध्यमबाट समस्या समाधान गर्न पल गरेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

भरखरै जेलबाट छुटेका सिके राउतलाई देशको मुलधारको राजनीतिमा आउन आफुले आग्रह गरेको उनले बताए । पार्टी एकताको बिषयमा केहि दिनमा हुने अध्यक्ष प्रचण्डले बताए । प्राविधिक कारणले गर्दा पार्टी एकतामा ढिलाई भएको बताउदै उनले अबको केहि दिनमा पार्टी एकता हुने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button