कास्कीमा स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्यालाई उम्मेदवार बनाउने तर्फ प्रचण्डको संकेत

पोखरा न्यूज – २७, फागुन । नेपाल कम्यिुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले कास्की २ को उपनिर्वाचनमा स्व. रवीन्द्र अधिकारीकै धर्मपत्नीलाई उम्मेदवार बनाउने संकेत गरेका छन् ।

सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले हेलिकप्टर दुर्घटनामा परी मृत्यू भएका पर्यटन मन्त्री अधिकारीको स्थानमा उनकी धर्मपत्नी विद्या भट्टराईलाईनै अघि बढाउने तर्फ संकेत गरेका हुन् ।

प्रचण्डले अधिकारीको परिवार पनि राजनीतिक परिवार भएको र नेतृत्व गर्न सक्ने क्षमता अधिकारीकी धर्मपत्नी बिद्यामा रहेको उल्लेख गर्दै सबै पक्षलाई विचार गरेर पार्टीले उपयुक्त निर्णय लिने बताए ।

यधपी उनले कास्की -२ मा कसलाई उठाउने भन्ने बिषयमा पार्टीमा आधिकारिक रुपमा छलफल भने  नभएको जनाए । कास्कीमा बामदेव गौतम चुनाब लड्ने भनेर आएको हल्लाको सन्दर्भमा गौतमले नै प्रस्ट पारिसकेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गौतमको बिषयमा समेत पार्टीमा चर्चा नभएको प्रस्ट पारे ।

यो पनि पढ्नुहोस् :

विप्लप मेरो बाटोमा हिड्न खोजे असफल हुन्छन् : अध्यक्ष प्रचण्ड

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button