पोखरा महानगर स्थापना दिवसमा रक्तदान

पोखरा, २७ फागुन

पोखरा महानगरपालिकाले आफ्नो स्थापना दिवस मनाएको छ ।

महानगरले तेस्रो स्थापना दिवस सोमबार मनाएको छ । स्थापना दिवसमा महानगरले रक्तदान कार्यक्रम गरेको हो । कार्यालय प्रगणमा आयोजित रक्तदानमा ६५ जनाले रक्तदान गरेका छन् ।

पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले पहिलो रक्तदाता प्रतिक्षा चालिसेलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरिन् ।

रक्तदान कार्यक्रममा महानगरका जनप्रतिनिधि, कर्मचारी लगायत सर्वसाधरणले रक्तदान गरेको महानगरको स्वास्थ्य महाशाखाले बताएको छ । रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो ।

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close