पोखरामा फेवा महोत्सवको तयारी शुरु

पोखरा न्यूज – २८, फागुन ।

आगामी चैत २९ देखि बैशाख १ गते सम्म पोखराको फेवा किनारमा आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ ।

विगत बर्षहरुमा झैं यसपटक पनि पश्चिमाञ्चल होटल संघ पोखराले यो महोत्सव आयोजना गर्न लागेको हो । नेपाली खाना र नेपाली संस्कृतीको संरक्षण तथा  प्रबर्द्बन गर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

विगतमा संघले पाँच दिन लामो महोत्सव आयोजना गर्दै आएको भए पनि यो पटक महोत्सवलाई छोट्याइएको हो ।  दर्शक तथा श्रोताहरुको भीड खासगरी उल्लेखित तीन दिनमा नै बढी हुने विषयलाई ख्याल गरी यस्तो निर्णय लिइएको अध्यक्ष तुलाचनले जानकारी दिए ।

महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष तुलाचनको संयोजकत्वमा विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button