पोखराको सस्तो बजारमा द्वन्द्व पिडित र एकल महिलालाई ५० प्रतिशत छुट

पोखरा न्यूज – २८, फागुन ।

पोखराको पृथ्वीचोकमा रहेको पोखरा सस्तो बजारमा विभिन्न समयका द्वन्द्व पिडितहरुको लागि ब्यापारीक सटर खरिदमा र मासिक भाँडामा पचास प्रतिशत छुटको घोषणा गरिएको छ ।

बजारले आफ्नो स्थापनाको अवसर पारेर बजारका व्यवसायीहरुलाई थप उत्साहित बनाउन र द्वन्द्व पिडितहरुलाई व्यवसायमा जोड्ने योजना सहित यस्तो घोषणा गरेको बजारमा सञ्चालक युवराज खतिवडाले जानकारी दिएका छन । उनले नेपाल द्वन्द्वबाट शान्ति प्रक्रियामा आएपछि यसका अवशेषहरु अझै बाँकी रहेको सन्दर्भमा दिगो द्वन्द्व ब्यबस्थापनमा केही सहयोग पुगोस भन्ने हेतुले आफुले यस्तो घोषणा गरेको खतिवडाले बताए । यसका साथै उनले यो महिनाबाट लागु हुने गरी बजारमा अहिले भएको ब्यापारीहरुलाई पनि मासिक भाडादर र धरौटी रकममा पनि छुट गरेका छन ।

भाँडामा १० देखि ३० प्रतिशतसम्म र धरौटीमा पचास प्रतिशत छुट गरिएको उनले जानकारी दिए । सस्तोबजारमा एकल महिलाको लागि पनि पचास प्रतिशत छुट छ । नारा चर्को लगाएर मात्र नभई समाजको समुन्नत विकासका लागि साना साना कामहरु नै महत्वपुर्ण हुने भएकाले आफुले सानो प्रयास गरेको खतिवडा बताउछन ।

यो संगै बजारमा आजभोली व्यापारीक चहलपहल बढ्न थालेको उनको दाबि छ । पोखराको मुख्य भागमै रहेको सस्तो बजारमा व्यापारी र ग्राहकलाई छुटको व्यबस्था गरेपछि मानिसहरुको चहलपहल बढेको त्यहाँका व्यावसायिहरु बताउछन । सस्तोबजारमा सामान्य घरायसी सामानदेखि सुनसम्म विक्रि वितरण हुदै आएको छ । करिब ४ सय भन्दा बढी ब्यापारीक सटर रहेको सस्तोबजारमा तरकारी,खाद्यान्न, कपडा, गेडागुडि, थकाली खाना तथा सस्तोमा दैनिक उपभोग्य बस्तुहरु बिक्रि हुदै आएको बजार ब्यबस्थापक सुर्दशन खनियाले जानकारी दिए ।

बजारमा बिक्रि गर्ने बस्तुहरुलाई अझ सस्तो बनाउन सकीने हिसाबले ब्यापारीहरुलाई आफ्नो नियमित मुल्यलाई कम्तीमा १० प्रतिशत कम गराउनको लागि आफुहरुले भाँडामा पनि छुट दिएको खनियाले जानकारी दिए । सस्तोबजारमा सामान सस्तो मात्र नभई गुणस्तरमा पनि ध्यान दिनको लागि उत्पादक संग सिधा व्यावसायिहरुको सम्पर्क स्थापित गरिएको बजारमा सञ्चालक युवराज खतिवडाले जानकारी दिए ।

सस्तोे बजारबाट अबदेखि काठमाडौं तथा देशका अन्य भागहरुमा जाने माईक्रोबस समेट सञ्चालन हुने भएकाले ग्राहकले आफुले सस्तो मुल्यमा किनेका सामानहरु बोकेर अन्यत्र लैजान नपर्ने वा ट्याक्सी भाँडा खर्च नहुने पनि खतिवडाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button