पोखरामा महानगरको अनुगमन सुरु, बी भाञ्जा सप्लायर्स कारबाहीमा, भूमिका मिट सपमा सिलबन्दी

पोखरा न्यूज – २९, फागुन ।

स्थानिय कानुन अनुसार पोखरा महानगरपालिकाले पहिलो पटक बजार अनुगमन सुरु गरेको छ । मंगलबार महानगरपालिकाको संयोजकत्वमा भएको बजार अनुगमनको क्रममा पहिलो पटकमै एक मासु पसलमा सिलबन्दी गरिएको  हो ।

पोखरा महानगरपालीका १० स्थित बी भाञ्जा सप्लायर्समा महानगरले अनुगनम गर्दा उक्त पसल मापदण्ड विपरित संचालन भएकोले तीन दिनसम्म सरसफाई गरी मापदण्ड पुरा गर्न को लागि समयसिमा दिएको महानगरपालिकाका सुचना अधिकारी गंगालाल सुवेदीले बताए । उक्त पसलमा जथभावी फोहोर रहेको वरिपरि फोहोरले दुर्घन्ध आएको, वधशाला उचित ढंगले सरसफाईन नगरेको, मासु काट्ने ठाँउ नजिकै फोहोर पानी जम्ने गरी राखेको आदि कारणले गर्दा उक्त पसलको हाल वधशालालाई शिलवन्दी गरेको सुचना अधिकारी सुवेदीले पोखरा न्यूजलाई  जनाए । सम्पुर्ण सप्लायर्समा शिलवन्दी गर्दा सरसफाई गर्न कठिन हुने हुदा पहिलो चरणमा टोलीले वधशालालाई सिलबन्दी गरेको उनले बताए । बिनादर्ता सार्वजनिक स्थलमा  फोहोर गरी जनगुनासो र वडाको निर्देशन समेत पालना नगरी सोही सप्लायर्स आडमा संचालन गरिएको भूमिका मिट पसलमा  सिलबन्दी गरिएको महानगरले जनाएको  छ ।

दैनिक करिब ५ सय कुखुरा काट्ने तथा विक्रि गर्ने उक्त पसलमा मापदण्ड विपरित संचालन भएकोले सरसफाई गर्ने गरी सिलबन्दी गरिएको उनले जनाए । उक्त पसलले जथभावी फोहोर गरे पछि स्थानियले वडा हुदै महानगरपालिका सम्म कारवाहीको माग गर्दै उजुरी गरेका आधारमा महानगरपालिकाले अनुगमन गरेको जनाएको छ ।

संघिय कानुन अनुसार बजार अनुगनम हुदै आए पनि स्थानिय कानुन अनुसार पहिलो पटक पोखरामा बजार अनुगमन सुरु भएकोमा यसलाई निरन्तरता दिन उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले आग्रह गरेका छन्। मानव स्वास्थ्य माथि नै खेलवाड गर्ने कुनै पनि व्यवसायाीहरुलाई स्थानिय कानुन अनुसार कारवाही गर्नुपर्ने अध्यक्ष कोइरालाको माग छ ।

अनुगमन टोलीले अर्को आदेश नदिएसम्म उक्त पसलले कुखुरा काट्न नपाउने तथा बिक्रि वितरणमा रोक लगाईएको अध्यक्ष कोइरालाले जनाए । अनुगमनमा महानगरका प्रवक्ता धनबहादुर नेपाली, जिल्ला प्रशासन कार्यालय कास्की, सुचना अधिकृत सुवेदी, मञ्च कास्कीका अध्यक्ष कोइराला, नाप तौल तथा गुणस्तर कार्यालय, पशु विकास महाशाखाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button