पोखरामा प्रदेश स्तरीय नेपाल लोक स्टारको अडिशन हुने

२ सय जना सहभागि हुँदै

पोखरा न्यूज – २९, फागुन । गण्डकी प्रदेशको राजधानि पोखरामा आउदो शनिबार (चैत्र २ गते) नेपाल लोक स्टारको अडिसन हुने भएको छ ।

चाहाना मिडियाको आयोजनामा नेपालमै ठुलो धनराशीको नेपाल लोक स्टार हुने भएपछि गण्डकी प्रदेशको अडिसन शनिबार पोखराको जनप्रिय माविमा हुने भएकोे बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

नेपाली लोक संगीतको उत्थान गर्दै नयाँ प्रतिभाको खोजि अभियानमा आफुहरुले सर्वाधिक धनराशीको उक्त स्टार आयोजना गर्न लागेको स्टारका परिकल्पनाकार तथा कार्यक्रम संयोजक माव थापाले बताए । उनका अनुसार हालसम्म देशका विभिन्न ३ ठाँउमा अडिन भएसंगै पोखरामा गण्डकी प्रदेशलाई समेट्ने गरी अडिसन हुने भएको हो ।

कास्की सहित गण्डकी प्रदेशका ११ जिल्लाबाट करिब २ सय जनाले अडिसनमा सहभागि हुने भएको संयोजक थापाले बताए ।  विभिन्न चरणमा प्रतिस्पर्धा गराँउदै सञ्चालन गरीने उक्त प्रतियोगिताको विजेतालाई ५० लाख रुपैया रहेको कार्यक्रमका निर्देशक सुरेश पौडेलले बताए ।

प्रतियोगिताको उप-विजेतालाई २५ लाख र तेश्रो हुनेलाई १० लाख रुपैँया पुरस्कार प्रदान गरिने भएको निर्देशक पौडेलले जनाए । कार्यक्रमलाई सफल पार्न सक्दो आलोचना गर्न उनले आग्रह गरे । प्रतियोगिताको फाईनल चरण असोज १५ गते हुने भएको छ । उक्त कार्यक्रमलाई सफल पार्न जगदम्बा र एनसेलले प्रायोजन गर्ने भएको छ ।

नेपाल लोक स्टारको लागि प्रमुख निर्णायकको रुपमा जयनन्द लामा रहने भएका छन् । त्यसै गरी अन्य निर्णायकमा बी.बी. अनुरागी, सुनिता दुलाल र राम्जी खाँड रहेकाछन्। कार्यक्रम नेपाल टेलिभिजन र नेपालको पहिलो एच.डि. टेलिभिजन ए.पि.वान.एच.डि बाट प्रशारण हुने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button