करिब साढे ७६ लाख लागतमा जिरो किलोमिटरको सडकलाई सुरक्षित बनाइने

पोखरा न्यूज – २९, फागुन ।  कुल ७६ लाख ४३ हजार ४४ को लागतमा पोखरा –बागलुङ सडकखण्ड अन्तर्गत जिरो किलोमिटरको सडकलाई सुरक्षित बनाइने भएको छ ।

छ लेनको फराकिलो सडकमा बार नहुँदा चालकले ट्राफिक नियमको उल्लङ्घन गर्दै  तीव्र गतिमा सवारी हाँक्ने गर्दा  दिनहुँजस्तो दुर्घटना हुने गरेकोले दुर्घटना न्यूनीकरण गर्न  सडकलाई सुरक्षित  बनाइने भएको हो ।

 सडकको मापदण्डलाई ध्यान दिँदै रोड मेडियन ब्यारियर (३३ से मि उचाइ) निर्माण  कार्य बुधवारदेखि शुरु गरिएको पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।

नेपालीका अनुसार उक्त सडकमा २५ वटा  ट्राफिक स्पिड साङ्केतिक पोल राख्न लागिएको  छ । सडक सुरक्षाका लागि ट्राफिक पोष्टलाई थप सक्रिय बनाउदै  छाडा चौपाया नियन्त्रण कार्य  तिव्र पारिएको उनले जनाए  ।

उक्त कार्य सम्पन्न गर्न सडक डिभिजन कार्यालय पोखरासँग आगामी जेठ ३० गते सम्पन्न गर्ने सम्झौता गरिएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button