पोखराको सभागृहमामा शंकास्पद वस्तु भेटियो

नेपाली सेनाद्वारा डिस्पोज

पोखरा न्यूज -३०, फागुन । पोखराको सभागृहमामा शंकास्पद वस्तु भेटिएको छ । सभागृहचोकमा  रहेको ट्राफिक प्रहरीको स्मार्ट आइल्यान्डभित्रै शंकास्पद वस्तु भेटिएको हो  ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर शंकास्पद वस्तुlलाई करिव ७ : ४५ बजे  डिस्पोज गरिसकेको छ ।  शंकास्पद वस्तु बम बनाउन तयारी गरेको सामाग्री भएको  डिस्पोजल टोलीले जनाएको छ ।

प्लाष्टिकको  बट्टा  र  तारहरु बेरिएको अवस्थामा बिहिबार बिहान ५ :३० बजेतिर शंकास्पद वस्तु भेटिएको थियो ।

त्यसैगरी पोखराको लेखनाथ स्थित भन्डारढिकमा पनि  सकेटबम जस्तो शंकास्पद वस्तु भेटिएको छ । अहिले घटनास्थलमा डाँडाकोनाक प्रहरी चौकीबाट सुरक्षाकर्मी खटिएका छन् भने नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ जाँदै छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले नेपाल बन्दको घोषणा गरेको दिनको बिहानी पख शंकास्पद वस्तु भेटिएको हो  ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button