पोखराको लेखनाथमा सकेट बम, सेनाको टोलीद्वारा डिस्पोज

पोखरा न्यूज -३०, फागुन । पोखराको लेखनाथ स्थित भण्डाढिकमा भेटिएको सकेट बम निष्क्रिय पारिएको छ ।

भण्डाढिकमा पृथ्वी राजमार्गमै भेटिएको सकेटबमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । सकेट बम बिहान करिव ८ : ४५ बजे डिस्पोज गरिएको हो ।

सकेटबम भेटिएको जानकारी पाएलगत्तै राजमार्गमा डाँडाकोनाक प्रहरी चौकीबाट सुरक्षाकर्मी खटिएर सवारी साधन र सर्वसाधरणलाई उक्त ठाउंमा जानबाट  रोक लगाएका थिए ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले नेपाल बन्दको घोषणा गरेको दिनको बिहानी पख शंकास्पद वस्तु भेटिएको हो ।

यो पनि पढ्नुहोस् :-

पोखराको सभागृहमामा शंकास्पद वस्तु भेटियो , नेपाली सेनाद्वारा डिस्पोज

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button