सरकारले विप्लप नेतृत्वको पाटीलाई प्रतिवन्ध लगाउनु अलोकतान्त्रीक : नेता केसी

भ्रष्टाचार विकेन्द्रिकृत भएर सिंहदरवारदेखि वडा वडासम्म पुगेको आरोप

पोखरा न्यूज -३०, फागुन ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लपको पार्टीलाई सरकारले प्रतिवन्ध गर्नु अलोकतान्त्रिक भएको बताएकाछन् । नेपाल प्रेस युनियन कास्कीले विहिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले सरकारले पार्टीको मान्यता दिएपछि कुनै पनि राजनीतिक पार्टीलाई प्रतिवन्ध नै गर्नु अव्यवाहरिक तथा अलोकतान्त्रिक भएको बताएका हुन्।

उनले भने “ राजनीतिक दललाई प्रतिवन्ध भन्दा पनि अपराधिक कार्यलाई नियन्त्रण गर्न नेपालको कानुन अनुसार कारवाही गर्नु पर्छ तर राजनीतिक दलहरुलाई नियन्त्रण गर्ने नाममा पार्टीलाई प्रतिवन्ध गर्नु अलोकतान्त्रिक हो ।” निर्वाचन आयोगमा दर्ता नभएकोको कुनै पार्टीलाई पार्टीको मान्यता दिन मिल्छ र भन्ने पत्रकारको प्रश्नमा सरकारले पार्टीको मान्यता दिएको र स्थापित पार्टी भएकोले उनले गरेका गतिविधिलाई नियन्त्रण गर्नु पर्ने तर पार्टीलाई नै प्रतिवन्ध गर्नु सरकारले उपयुक्त निणर्य नगरेको उनको भनाई थियो । सरकारले अपराधिक गतिविधि बिरुद्ध चालेको कदमको स्वागत गर्दै नेता केसीले देशमा जनताको शान्ति सुरक्षा दिने दाहित्य राज्यको भएको जनाए ।

सरकारले  तराई बिखण्डकारी नेता सिके राउतसंग आफ्नै पार्टी भित्र र प्रतिपक्षसंग छलफल समेत नगरी राष्ट्रघाती र विखण्डकारी सम्झौता गरेको नेता केसीले दाबी गरे । उनले भने “सिके राउतसंग सरकारले सम्झौता गर्नु पर्नु प्रर्याप्त मात्रमा पार्टी भित्र र बाहिर छलफल गरेर मात्र सम्झौता गर्नु पर्थो तर सिके राउतले जनमत संग्रहको कुरा गर्दा गर्दै देशलाई टुक्राउने सम्मको अभिव्क्ति दिने नेतालाई देशको मुलधारको राजनीतिमा ल्याउने दुःख लाग्दो कुरा हो, यसमा हाम्रो पार्टीको विमती छ । ” नेवि संघले यसको बिरोध गर्न सुरु गरेको जनाउदै उनले उक्त सम्झौता खारेजी वा देशको राष्ट्रियता र अखण्डतामा कुनै आच नआउने प्रतिवद्धत्ता आउनु पर्ने नेता केसीको भनाइछ ।

काण्डै काण्डले सरकारले एक बर्ष विताएको दावी गर्दै नेता केसीले वाईडवडी, एनसेल काण्ड, ३३ केजी सुन काण्ड, निर्मला हत्या  लगायतका काण्डले सरकार बदनाम् भएको भन्दै आलोचना गरे  । उनले भने “ प्रधानमन्त्रीज्यूका एक पछि अर्को शक्ति आफैमा केन्द्रित गर्देै अघि जाने क्रममा २५ अर्ब सम्मको ठेक्कापट्टाको काम फाष्ट्याकबाट जाने कुरा भएको छ, प्रधानमन्त्री ज्यूले प्रबेश गर्नाका साथ्  तत्कालै महत्वपुर्ण मन्त्रालयका कुरा आफु माताहातमा ल्याउनु संघियताको सार्वभौम मर्म विपरित हो, सिंहदरबारको शक्ति श्रोतहरुलाई गाँउसम्म पु¥याउने त्यसको ठिक विपरित सम्पुर्ण शक्ति सिंहदरबार केन्द्रित  बनाउने तर्फ सरकार लागेको छ । ”अहिले भ्रष्टचार  भने विकेन्द्रिकृत भएर सिंहदरदेखि वडा वडासम्म पुगेको उनको आरोप थियो ।

भ्रष्टचार राष्ट्रको अहिले ठुलो चुनौतीको रुपमा देखिएको बताउदै नेता केसीले करका भारले जनता थिचिएको जनाए । प्रेसमाथि फौजदारी संहिताको नाममा सरकारले नियन्त्रण गर्न खोज्नु अप्रजातान्त्रिक भएको नेता केसीको भनाई थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button