पोखरामा बन्दको प्रभाव

पोखरा न्यूज -३०, फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि परेको छ ।

बन्दका कारण बिहानैदेखि सधैं भीडभाड रहने मुख्य सडक, बजार क्षेत्र शुनसान छन् । बजार क्षेत्रमा अधिकांश पसल बन्द छन्  भने  शैक्षिक सस्था, बैंक तथा वित्तीय सस्था , कलकारखाना पूर्णहरु रुपमा ठप्प छन् ।

सार्बजनिक सवारि साधन चलेका छैनन् । बन्दका कारण यात्रु तथा सर्वसाधारण मारमा परेका छन्  । नजिक गन्तब्य भएकाहरु  हिडेरै यात्रा गरेका छन् र आफ्नो निजि साधन हुनेहरु आफ्नै सधानमा यात्रा  गरिरहेका  छन र  टाडा गन्तब्य भएका र निजि साधान नभएकाहरु बन्द खुल्ने पर्खाइमा छन्।

निजि सवारी साधन, पर्यटक बस, एम्बुलेन्स भने चली रहेका छन ।  बजार क्षेत्र तथा भित्रि गल्लीमा कुनै घटना हुन् नदिन सुरक्षा कर्मी तथा पुलिस सहितको सुरक्षा गस्ती गरिएको छ ।

बिहान पोखराको सभागृह चोकमा प्लाष्टिकको बट्टा र तारहरु बेरिएको अवस्थामा  ५ :३० बजेतिर शंकास्पद वस्तु भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर शंकास्पद वस्तुlलाई करिव ७ : ४५ बजे डिस्पोज गरिसकेको छ ।

त्यसैगरी  पोखराको लेखनाथ स्थित भण्डाढिक चोकमा पनि सकेटबम जस्तो शंकास्पद वस्तु भेटिएको थियो । पृथ्वी राजमार्गमै भेटिएको सकेटबमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान करिव ८ : ४५ डिस्पोज गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button