पोखरामा विप्लवको बन्दमा बम र शंकास्पद बस्तुले त्रास

पोखरा न्यूज -३०, फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले आज (बिहिबार) आव्हान गरेको नेपाल बन्दको क्रममा पोखरामा बम र शंकास्पद बस्तु भेटिनुले पोखरेलीमा त्रास फैलिएको छ ।

बिहिबार बिहानै पोखराको सभागृह र भण्डाढिकमा शंकास्पद बस्तु भेटिएसंगै पोखरेलीहरुमा बिहानै देखि त्रास फैलिएको हो । सभागृहचोकमा बम बनाउन प्रयोग हुने बस्तु भेटिएको हो भने भण्डारढिकमा भने सकेट बम भेटिएको हो । पोखरा महानगरपालिका वडा नम्बर २९ स्थित भण्डारढिकमा बिहिबार बिहान सकेट बम भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी. रविन्द्रमान गुरुङले बताए ।

बिहिबार बिहान करिब ८ बजे विजयपुर व्यारेकको डिस्पोजल टोलीले उक्त बम डिस्पोज (निष्तेज) पारेको हो । बिहान ६ः५५ बजे स्थानियले शंकास्पद बस्तु देखे पछि प्रहरीलाई खबर गरेका थिए । ७ः२५ बजे मेजर गिता गुरुङको नेतृत्वमा डिस्पोजल टोलीले करिब ४५ मिनेटमा उक्त बम डिस्पोज गरेको हो । इमर्जेन्सि लाइटमा सकेट जोडेको अवस्थामा भण्डारढिकको चौरमा उक्त बम भेटिएको थियो ।

त्यसै गरी पोखराको सभागृहचोकमा समेत बिहानै संकास्पद बस्तु भेटिएको थियो । कालिभन्जन गण इन्जिनियरको टोलीले करिब डेढ घण्टामा उक्त संकास्पद बस्तु डिस्पोज गरेको हो । सभागृहचोकमा रहेको ट्राफिक प्रहरीको स्मार्ट आइल्यान्ड भित्रै रातो झोलामा एक डिव्वा रहेको बताइन्छ । शंकास्पद बस्तु बम बनाउन प्रयोग गर्न खोजिएको हुन सक्ने डिस्पोजल टोलीले जनाएको छ ।

बिहान ५ः३० बजे उक्त शंकास्पद बस्तु भएको खबर थाहा पाउन साथ डिस्पोजल टोली बिहान ६ बजे सभागृहमा आएर उक्त स्थानलाई आफ्नो नियन्त्रमा लिएको थियो । बिहान करिब ७ः४५ बजे डिस्पोजल टोलीले उक्त शंकास्पद बस्तु डिस्पोज गरेको हो । नेपाली सेना र नेपाल प्रहरीले शंकास्पद भएको स्थान भन्दा करिब एक सय मिटर टाडाबाटै जो कोहिलाई जान तथा आउन रोक लगाएको थियो ।

पोखराका दुई ठाँउमा बिहानै संकास्पद बस्तु भेटिएको खबरले पोखरेली त्रसित भएका थिए । बिहानै पोखराका दुई ठाँउमा शंकास्पद बस्तु भेटिएको खबरले गर्दा पनि बिहिबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले आव्हान गरेको नेपाल बन्दको प्रभाव प्रत्यक्ष रुपमा परेको थियो । बिहिबार लामो तथा छोटो दुरीका सार्वजनीक यातयातका साधनहरु चल्न सकेनन भने स्कुल, कलेज पुर्ण रुपमा ठप्प भए । त्यसै गरी पोखरा क्षेत्रका उद्योग धन्दा तथा कलकारखाना समेत संचालन हुन सकेनन् ।

पोखरा क्षेत्रको बजारमा फाट्य फुट्ट केही मोटरसाइकल तथा रातो प्लेडका केहि गाडीहरु मात्र गुडेका देखिन्थे । पोखराको मुख्य बजार भने शुनसान भएको थियो । पोखराका केहि किराना पसल, चिया पसल तथा रेष्टुरेण्टहरु खुलेका थिए भने अन्य प्रतिष्ठित एवं ठुला पसलहरु भने खुल्न सकेनन्। सवारी साधनहरु नचल्दा आम सर्वसाधरण जनताले भने बिहिबार सास्ती भोग्नु पर्यो ।

सरकारले पक्राउ गरेका कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्दको आव्हान गरिएको विप्लप समुहले जनाएको छ । सरकारले गाउँगाउँमा संकटकाल जस्तै गरी छापा मार्ने, दमन, धरपकड, गिरफ्तार तथा झुठा मुद्दा लगाउने अराजनीतिक व्यबहार बिरुद्ध बन्द आव्हान गरेको महासचिव विप्लवले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button