पोखरा सहित काठमाण्डौ र चितवनमा पर्यटक बस निर्बाद रुपमा संचालन

पोखरा न्यूज – ३०, फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले आज (बिहिबार) आव्हान गरेको नेपाल बन्दको क्रममा पोखरा सहित काठमाण्डौ र चितवनमा पर्यटक बस निर्बाद रुपमा संचालनमा आएका छन् ।

पोखराबाट वन्दको समयमा पनि हरियो प्लेटका १७ वटा पर्यटक गाडी  बाहिरिएका छन्। पोखरा देखि काठमाण्डौका लागि १३, पोखरा देखि चितवनका लागि ३ र पोखरा देखि लुम्बिनीका लागि एउटा गाडी पोखराबाट बाहिरिएको नाट्टा क्षेत्रिय संघ पोखराका प्रथम उपाध्यक्ष संजयकान्त सिक्देलले पोखरा न्यूजलाई बताए ।

त्यसैगरी काठमाण्डौमा पर्यंटक बसमा कुनै बाधा अबरोध नभएको र निर्बाद रुपमा संचालन भएको टुरिस्ट बस एशोसियसन अफ नेपालका अध्यक्ष प्रदाल लोहनीले पोखरा न्यूजलाई बताए । उनका अनुसार काठमाण्डौ देखि पोखराको लागि १३ वटा र काठमाण्डौ देखि चितवनका लागि ७ वटा पर्यटक बस छुटेका हुन।

पोखरामा रातो प्लेटका केहि निजि सवारी साधनहरु संचालनमा आएतापनि कालो प्लेटका सार्वजनिक सवारीसाधन भने चल्न नसक्दा सर्वसाधारण जनताले सास्ती भोग्नुपरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button