प्रतिनिधिसभा सदस्य थापाद्वारा तनहुँको विद्यालयमा दश लाखको अक्षयकोष स्थापना

पोखरा न्यूज – ०१, चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ एवं प्रतिनिधिसभा सदस्य तुलसा थापाले आफ्नो माइतीगाउँ(तनहुँ)को विद्यालयमा रु दश लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेकी छन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमसँग विवाह गरेपछि दोस्रोपटक माइतीगाउँ तनहुँको देवघाट गाउँपालिका–२ बैदी आएकी उनले कालीगङ्गा माध्यमिक विद्यालयमा रु दश लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन्  ।

थापाले बुबा पहलसिंह र आमा भीमकुमारीको स्मृतिमा पहलसिंह–भीमकुमारी स्मृति अक्षयकोष स्थापनाको घोषणा गरेकी हुन् । अक्षयकोषवापतको रकम विधान तयार गरेर दर्ता गरेपछि विद्यालयलाई हस्तान्तरण गरिने विद्यालयका प्रधानाध्यापक छविलाल क्षेत्रीले जानकारी दिए ।

अक्षयकोषको व्याजबाट आगामी शैक्षिकसत्रको शुरुआतमा कक्षा १ मा अध्ययन गर्ने गरीब तथा जेहेन्दार एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ । ती दुई छात्रछात्रा कक्षा १० उत्तीर्ण नगरेसम्म नियमित रूपमा उनीहरुको पढाइ, विद्यालय पोशाक, पाठ्यपुस्तक, कापी कलमलगायत सबै शैक्षिक सामग्री सोही अक्षयकोषको व्याजबाट उपलब्ध गराइने प्रधानाध्यापक क्षेत्रीले बताए ।

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close